प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुंगाना र कोषाध्यक्षमा गोमा खत्री चयन हुनुभएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुशीलसुवेदी, बिशाल आचार्य, सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्बतरुपमा चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुनुभएको छ भने एक पत्रकारलाई सम्मान गरिएको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेलसहित आठ जनालाई पुरस्कृत गरिएको हो । १० हजार १ सय ११ रुपैयाँ राशीबाट उहाँ पुरस्कृत हुनुभएको हो ।

त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।
चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाईले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका पूर्व अध्यक्ष एवं नागरिक दैनिकका ध्रुव दंगाल, क्रान्तिकारी पत्रकार संघका पूर्व अध्यक्ष एवं नयाँ पत्रिका दैनिकका रामकृष्ण थापा, नेपाल टेलिभिजनका नेत्रप्रसाद पौडेल, शर्मिला ठकुरी, एपिवान टेलिभिजनका निरोज चौलागाई र सर्वपक्ष दैनिकका सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको प्रेस चौतारी सिन्धुपाल्चोकका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिएको हो ।
पुरस्कृत एवं सम्मानितहरूलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले सम्मान र पुरस्कार वितरण गर्नुभयो ।
