सम्पर्क

विद्यालयमा व्यवस्थापन समितिको टिम नै महिला सर्वसम्मत

दिपेन्द्र श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय स्याउलेको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ ।
समितिमा विद्यालयका प्रधानाध्यापक र वडाका अध्यक्ष स्वत पदेन सदस्य बाहेकका अध्यक्ष सहित सम्पूर्ण सदस्य महिला सर्वसम्मत भएको हो ।
निरमाया लामाको अध्यक्षतामा सदस्यहरु क्रमश ः सरिता तामाङ, उमा परियार, अनिता तामाङ, देवकी कार्की थापा, कमलामाया श्रेष्ठ, सानुकान्छा श्रेष्ठ र शालिकराम ओली सर्वसम्मत चयन हुनुभएको हो ।
शिक्षक पन्चलाल श्रेष्ठका अनुसार पुरूषहरूमा सहमती जुट्न नसकेपछि महिलाहरू अग्रसर भएर अध्यक्षलगाएतको प्रस्ताव आएसंगै सहमती जुटाउन नसकेका पुरूषहरूलेपनि समर्थन गरेपछि सर्वसम्मत टुङ्गिएको हो ।
प्रधानाध्यापक शालिकराम ओलीले एक शिक्षक प्रतिनिधी हरिशरण श्रेष्ठ चयन गरि समिति टुङ्गाएको बताउनुभएको छ ।