सम्पर्क

द्विबिधा नलिनु, जनताको सेवामा समर्पित छु ः वंशलाल तामाङ

सन्तोष सिग्देल

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहनुभएका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो ।
कुनै समय बिदेशिनु बाध्यता भएको बताउँदै उहाँले बिदेशमा रहँदाको सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताको शेवामा तत्पर रहनको लागि नेपाल आएको उल्लेख गर्नुभएको छ । ’अमेरिकाको ग्रिन कार्ड त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेरो समय जनताको सेवामा समर्पित गरेको छु’, तामाङले भन्नुभयो ।
पार्टीको जिल्ला संगठनलाई सुदृढ बनाउनको लागि जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरिसकेको र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्व बनाउने आफ्नो उद्धेश्य रहेको तामाङले जानकारी दिनुभयो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ ः कुनै समय बिदेशिनु बाध्यता थियो । सबै सुख सुविधा र अमेरिकाको ग्रिन कार्ड त्यागेर ईंद्रावती गाउपालिकाको प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर जनताको सेवामा समर्पित गर्दै आगामी समय जिल्ला पार्टी संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्द बनाउने उद्धेश्यले आगामी २०७८ फागुन १५ गते हुने १४ औ जिल्ला अधिवेशनमा जिल्ला सभापती पदको लागी उमेदवार घोषणा गरी सकेको छु । बाँकी समय जनताको सेवामा समर्पित गर्ने बताउँदै तामाङले द्विबिधा नलिनु हुन हार्दिक अनुरोध गर्दै तपाईंहरुको बिबेक पूर्ण निर्णयका साथ अमूल्य मतको लागी बिनम्र अनुरोध गर्दछु भनि लेख्नुभएको छ ।