सम्पर्क

राष्ट्रिय युवा संघद्धारा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न


राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्धारा बाह्रबिसेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको युवासंघ नेपालका जिल्ला संयोजक राजन दुलालले जानकारी दिनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरु भएको रक्तदान कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभयो । उक्त कार्यक्रममा पार्टीका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज प्रयोग गरी कार्यक्रम शुरु गर्नुभएको थियो ।