सम्पर्क

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री मँगलबार जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।
चौतारा अस्पताल सँचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष टँक कार्कीले अक्सीजन कन्सेटेटर १ वटा सहित माक्स एक कार्यक्रमका विच डा. करुणा वर्जाचार्यलाई हरुतान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौती सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको भनाई राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बस्नेतलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
स्वास्थ्य सामग्री बुझ्दै डा. वर्जाचार्यले सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश (क) का उपसभापती ग्याल्पो तामाङ लगायत बोल्नुभएको थियो ।