नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्थ्य सामाग्री बितरण गरिएको बताउँनु भयो । उँहाले नागरिकलाइ दुख परेको बेला नागरिकलाइ साथ र सहयोग गर्नेलाइ नेता भन्न सकिने भन्दै नेपाली काँग्रेस पहिला नागरिकको बिकासमा जुटेको बताउँनु भयो । उँहाले काँग्रेसले जितेका हरेक स्थानमा बिकासका गति बढेको बताउँदै नेपाली काँग्रेसको पहलमा सिन्धुपाल्चोकमा अक्सीजन उत्पादन शुरु भएको बताउँनु भयो । नेता बस्नेतको पहलमा सिन्धुपाल्चोकका थुपै्र विद्यार्थीले काठमाडौंमा निशुल्क अध्ययन गर्दै आएका छन् । उहाँले एम्बुलेन्स चालकहरु स्वास्थ्यकर्मी लगायतको स्वास्थ्य बीमा पनि गरिदिनुभएको बताउनु भयो । उँहाले स्वास्थ्य सामाग्री बितरण गर्दा पार्टी नहेरी सबैलाइ दिन बताउँदै चौतारा साँगचोकगढी नगरपालीका ९ कदमबासले सङ्कटको बेला स्वास्थ्य कार्यालय कदमबासलाई दिएको स्वास्थ्य सामाग्री त्यहाँको वडाअध्यक्षले लिन नदिएकोमा दुख ब्यक्त गर्दै कम्युनिष्टको जस्तो ब्यबहार नगर्न काँग्रेसका कार्यकर्ताहरुलाइ अनुरोध गर्नु भयो । कार्यक्रममा निबर्तमान केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, नेपाली काँग्रेस इन्द्रावती गाँउपालीका सभापती जिबन थापा मगर चौतारा साँगाचोकगढी नगरपालीकाका सभापती इन्द्रलोचन धिताल, चौतारा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष टकं कार्की लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यसैगरी पुर्वमन्त्री बस्नेतले पत्रकार राम केसीलाई आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी दमले थलिनुभएको केशीलाई पछिल्लो समय फोक्सोको समेत समस्या देखिएको थियो । प्रदेश सभापती केशब राज गिरीको सभापतीत्वमा भएको कार्यक्रममा भुपेन्द्र बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । यसै अवसर पारेर चौताराका साजन घले, अरुण तामाङ, बिराज तामाङ, जित बहादुर लामा, गोपाल घले लगायत सयौँ युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गर्नुभएको थियो । नब प्रबेसीहरुलाइ बस्नेतले खादा लगाएर स्वागत गर्नू भएको थियो भने थापाले टिका लगाएर स्वागत गर्नु भएको थियो । यस अघि चौतारा साँगाचोकगढी ८ इर्खुमा वडा इकाइ कार्यालयको समेत बस्नेतले उद्धघाटन गर्नु भयो । इकाइ सभापती तथा वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठको सभापतीत्वमा भएको उक्त कार्यक्रमको सञ्चालन भगवान खड्काले गर्नु भएको थियो ।
