सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्चीमा नेकपा एमाले अघि कांग्रेस पछ्याउदै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मेलम्ची नगरपालिकामा एमालेले अग्रता बढाएको छ । वडा नम्बर १ र १३ को मतगणना गर्दा एमालेका मेयरका उम्मेदवार बालकृष्ण देउजाले २८४ मतले अग्रता लिएका छन् । उहाँले १६ सय ६५ मत ल्याएका छन् ।उहाँलाई कांग्रेसका मेयरका उम्मेदवार आइतमान तामाङले पछ्याइरहेका छन् । उहाँले १३ सय ६१ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका नानीराम चौलागाईले ११७४ मत प्राप्त गरेका छन् । उपमेयरमा भने माओवादीका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका देवेन्द्र घोरासैनीले ११४ मतले अग्रता लिइरहेका छन् । उहाँले अहिलेसम्म १६ सय १५ मत ल्याएका छन् । यस्तै एमालेको उमा प्रधानले १५ सय १ मत ल्याएका छन् । राप्रपाको कुमारी स्याङ्तानले ९५० मत ल्याएका छन् । मेलम्चीमा कांग्रेस र राप्रपा तथा समाजवादी र माओवादीको गठबन्धन भएको हो ।  ...

हेलम्बु गाउँपालिकाको अध्यक्षमा निमा ग्याल्जेन शेर्पा पुनः विजयी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा पुनः विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा शेर्पा विजयी भएको जानकारी दिएको छ । २०७४ को पहिलो स्थानीय निर्वाचनमा शेर्पाले विजय हात पारेको थियो भने अबको पाचँ बर्षको लागि अध्यक्षमा निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । उहाँ दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उहाँले ५ हजार ३८६ मत ल्याएर विजयी हुनुभयो । उहाँले ५ हजार ३८६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेमा उम्मेदवार दावा लामाले ४ हजार ६०४ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने ५ हजार २१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ५ हजार २१४ मत ल्याउँदा एमालेको गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएको थियो । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित...

ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा एमालेको अग्रता कांग्रेसले पछ्याउदै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार झम्क नेपालले अग्रता कायमै राखेका छन् । उहाँलाई कांग्रेसका उम्मेदवार विकास लामाले पछ्याइँ रहेका छन् । पछिल्लो मत परिणाम अनुसार झम्क नेपालले ३४०० मत ल्याएका छन् भने उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विकास लामाले ३०६९ मत पाएका छन् र माओवादीका प्रतिद्वन्द्वी उम्मेदवार ठुलोबाबु श्रेष्ठले २०६९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार विष्णु मैनालीले १४२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्ष तर्फ कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले अग्रता रहेको छ । कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले ३११९ मत प्रप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेको उम्मेदवार शोभना तामाङले २४१२ मत, माओवादीबाट उम्मेदवार रहेको सुमित्रा आचार्यले १८०० मत पाएका छन् भने राप्रपाका उम्मेदवार गोमादेवी अधिकारीले २७१ मत प्राप्त गर्नुभएको छ ।...

चौतारा सागाँचोकगढी नगरपालिकाको मेयरमा गठबन्धन माओवादी, उपमेयरमा गठबन्धन समाजवादीको अग्रता

ब्रेकिङ न्युज २, राजनिती, समाचार

हालसम्म सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा नेकपा एमालेको अग्रता

ब्रेकिङ न्युज २, राजनिती, समाचार

चौतारा सागाँचोकगढी ३ वडाको मतपरिणाम सार्वजनीक बाकि वडाको मतगणना जारी

ब्रेकिङ न्युज २, समाचार
हामीलाई प्राप्त मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ मा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेको छ । समाजवादीका उम्मेदवार युवलाल श्रेष्ठ विजयी भएका हन् । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सानुकान्छा श्रेष्ठलाई २३ मतले पछि पारे । ६६८ मत ल्याएर विजयी श्रेष्ठ बन्नुभयो । चौतारा सागाचोकगढी नगरपालिका २ मा नेकपा एमालेबाट सुदिप श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढि नगरपालिकाको नेकपा एमालेबाट वडा नं ३ का वडाध्यक्ष उम्मेदवार टेकबहादुर तामाङको प्यानलनै विजयी भएको छ । ३ नं. वडाले नगरकै पहिलो जित निकालेका हुन् । तामाङले ५५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले दिपक कटुवालले ५१९ र माओवादी केन्द्रका उम्मेद्वार रामकुमार तामाङले ४०६ मत प्राप्त गरेका छन् । तामाङ अघिल्लो निर्वाचनमा समेत सोही वडामा विजयी हुनुभएको ...

पेट्रोल मूल्य १७० पुग्योे

ब्रेकिङ न्युज २, समाचार
स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३÷१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमले शनिबार जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा न...

निर्बाचन सम्पन्न आयोगद्धारा धन्यबाद

ब्रेकिङ न्युज २, समाचार
शुक्रबार भएको स्थानीय तहको निर्बाचन छिटफुट घटना बाहेक प्राय शान्त पुर्ण ढङ्गबाट निर्बाचन सम्पन्न भएको छ । निर्बाचन आयोग द्धारा जारी गरिएको बिज्ञेप्ती अनुसार ६४प्रतिशत मत खशेको छ भने १६ जिल्लाको २८पालीकाको ४३मतदान स्थलका ७७मतदान केन्द्रमा केही बिबादका कारण मतदान स्थगित भएको जनाएको छ । स्थगित भएका मतदान केन्द्रहरुमा निर्बाचान आयोगले छिट्टै निर्बाचन सम्पन्न गराउँने भएको छ । निर्बाचन आयोगले निर्बाचनमा खटीएका कर्मचारी सुरक्षा निकाय राजनिती दल तथा मतदाता सबैमा बिशेष धन्यबाद समेत दिएको छ ।...

निर्वाचनले गाउँमा चहलपहल बढ्यो

ब्रेकिङ न्युज २, समाचार
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । स्थानीयस्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केका हुन् । स्थानीय सरकारमा सक्षम, योग्य र विकासप्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको छ । स्थानीय सरकार जनताको नजिकको भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हँुदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ फकिएको हुन् । चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा ...

बैशाख ३० गते पानी पर्ने विभागको अनुमान

ब्रेकिङ न्युज २, समाचार
स्थानीय निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले चुनावको दिन पानी पर्न सक्ने महाशाखाको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनका जनाईए अनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गरेको महाशाखाले आजनै ३१ गतेसम्...