सम्पर्क

हेलम्बु गाउँपालिकाको अध्यक्षमा निमा ग्याल्जेन शेर्पा पुनः विजयी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा पुनः विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा शेर्पा विजयी भएको जानकारी दिएको छ । २०७४ को पहिलो स्थानीय निर्वाचनमा शेर्पाले विजय हात पारेको थियो भने अबको पाचँ बर्षको लागि अध्यक्षमा निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । उहाँ दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उहाँले ५ हजार ३८६ मत ल्याएर विजयी हुनुभयो । उहाँले ५ हजार ३८६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेमा उम्मेदवार दावा लामाले ४ हजार ६०४ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने ५ हजार २१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ५ हजार २१४ मत ल्याउँदा एमालेको गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएको थियो । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य क्रमशः ८१३ र १०० मत ल्याएर तेस्रो हुनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका अध्यक्ष देविलाल शर्मा लामिछाने र गोमादेवी अधिकारीले क्रमशः ११९ र ८४ मत ल्याएको थियो ।