सम्पर्क

ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा एमालेको अग्रता कांग्रेसले पछ्याउदै

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार झम्क नेपालले अग्रता कायमै राखेका छन् । उहाँलाई कांग्रेसका उम्मेदवार विकास लामाले पछ्याइँ रहेका छन् । पछिल्लो मत परिणाम अनुसार झम्क नेपालले ३४०० मत ल्याएका छन् भने उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विकास लामाले ३०६९ मत पाएका छन् र माओवादीका प्रतिद्वन्द्वी उम्मेदवार ठुलोबाबु श्रेष्ठले २०६९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार विष्णु मैनालीले १४२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्ष तर्फ कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले अग्रता रहेको छ । कांग्रेसको उम्मेदवार दयाकुमारी मिश्रले ३११९ मत प्रप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेको उम्मेदवार शोभना तामाङले २४१२ मत, माओवादीबाट उम्मेदवार रहेको सुमित्रा आचार्यले १८०० मत पाएका छन् भने राप्रपाका उम्मेदवार गोमादेवी अधिकारीले २७१ मत प्राप्त गर्नुभएको छ ।