सम्पर्क

चौतारा सागाँचोकगढी ३ वडाको मतपरिणाम सार्वजनीक बाकि वडाको मतगणना जारी

हामीलाई प्राप्त मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ मा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेको छ । समाजवादीका उम्मेदवार युवलाल श्रेष्ठ विजयी भएका हन् । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सानुकान्छा श्रेष्ठलाई २३ मतले पछि पारे । ६६८ मत ल्याएर विजयी श्रेष्ठ बन्नुभयो । चौतारा सागाचोकगढी नगरपालिका २ मा नेकपा एमालेबाट सुदिप श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढि नगरपालिकाको नेकपा एमालेबाट वडा नं ३ का वडाध्यक्ष उम्मेदवार टेकबहादुर तामाङको प्यानलनै विजयी भएको छ । ३ नं. वडाले नगरकै पहिलो जित निकालेका हुन् । तामाङले ५५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले दिपक कटुवालले ५१९ र माओवादी केन्द्रका उम्मेद्वार रामकुमार तामाङले ४०६ मत प्राप्त गरेका छन् । तामाङ अघिल्लो निर्वाचनमा समेत सोही वडामा विजयी हुनुभएको छ ।