सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्ची खानेपानी विकास समिति खारेजगर्ने बुँदाप्रति युनियनको आपत्ति

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष ऋषिराम पौडेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । काठमाडौँ उपत्यकाका उपभोक्ताको प्रतिनिधित्व हुनेगरी काठमाडौँ महानगरपालिकाका प्रमुख, सम्बन्धित मन्त्रालयका सचिव, आयोजनाका कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका सहसचिव सम्मिलित छरितो समिति बनाइएकामा त्यसको खारेजीले अन्तिम चरणमा पुगेको आयोजनाको भविष्यकै विषयमा प्रश्नचिह्न उठेको कर्मचारी युनियनको भनाइ छ । समिति खारेज गर्ने उल्लेख गरिएको बजेट वक्तव्यमा लोकसेवा आयोगको प्रत्यक्ष निगरानीमा आयोजना ...

नेपाल किड्स संस्थाद्धारा सामाग्री हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
नेपाल किड्स संस्था काठमाडौंद्धारा चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर ९ लाई सामाग्री हस्तन्तरण गरेको छ । उक्त संस्थाका अध्यक्ष हरिशरण गिरी र उहाँको श्रीमती शान्ति गिरीले नवनिर्वाचित वडाध्यक्ष विमल श्रेष्ठलाई मंगलबार एक कार्यक्रम बिच कलर प्रिन्टर, कम्युटर र फोटोकपी मेसिन हस्तान्तरण गरेको हो । वडाध्यक्ष श्रेष्ठले माग गरेअनुरुप वडाबासिलाई लक्षित गर्दै हरेक काममा सहज होस भन्ने हेतुले उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिरिले जानकारी दिनुभएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष गिरीले संस्थाले यसअघि पनि वडाकार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै चौतारा सागाँचोकगढी नगरपालिका ९ जितपुर गोमादेवी माध्यमिक विद्यालयमा कम्युटर हस्तान्तरण र विभिन्न विद्यालयलाई आर्थिक सहयोगका साथै विद्यालय विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको र आबश्यकता हेरेर फेरि पनि सहयोग गर्ने प्रतिब...

फर्पिङको जङ्गलमा दुई जना मृत फेला

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको राससलाई जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२÷२३ वर्षको भएको बताउनुभयो । मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ । रासस...

मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश

ब्रेकिङ न्युज २, समाचार
नेपालमा मनसुन भित्रिने सरदर मिति यसअघिका वर्षहरूमा १० जुनलाई मानिँदै आएको थियो । तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ । जल तथा मौसम विज्ञान विभागको नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आईतबार विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली नेपालको प्रदेश १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ ।...

वातावरण दिवसका अवसरमा शान्ति समाजद्वारा विभिन्न जिल्लामा वृक्षरोपण

ब्रेकिङ न्युज २, समाचार
पचासौँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ । शान्ति समाज काठमाडौँ शाखाद्वारा ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने मूलनारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले वातावरणीय सुधारका कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । नगर क्षेत्रका खाली ठाउँमा यही वर्षाद्मा बिरुवा रोपिने उहाँले सुनाउनुभयो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडाँै शाखा सभापति भगवान पुडासैनी लगायतले वातावरण संरक्षणका लागि हरियाली प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । नगर क्षेत्रका खाली स्थानमा बिरुवा रोप्ने अभियानमा साथ दिने उहाँहरुको प्रतिबद्धता थियो । सो अवसरमा जोरपाटीस्थित नयाँबस्ती युवा क्लब परिसरअघि वृक्षरोपण गरिएको...

मेलम्ची कम्युनिटी सेकेन्डरी विद्यालयको एप्लिकेशन सुरुवात

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कुल मेलम्चीले विद्यालयको एप्लिकेशन सुरुवात, अभिभावकलाई मोटिभेशन तथा मेलम्चीका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम गरेको छ । शनिवार मेलम्चीमा आयोजित एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान ,शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी , मेलम्ची ११का अध्यक्ष चन्द्र बहादुर तामाङ, विद्यालयका संस्थापक अध्यक्ष पुस्कर धिताल लगायतले एप्लिकेशनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै विद्यालयका अध्यक्ष दिनेश बस्नेतले एप्लिकेशनले अभिभाकहरुलाई विद्यालय धाएर आफ्नो बालबच्चाको बारेमा बुझ्न नपर्ने र सबै कुरा एप्लिकेशनमा रहेको बताउनुभयो । एप्लिकेशनमा लेशन प्लान, गेहकार्य लगायत विद्यार्थीको हाजिरी र अन्य जानकारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख , वडा नम्बर ११ का नवर्निवाचित जनप्र...

हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ को मेलम्ची घ्याङ र नाकोते जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । गत असार १ गते आएको बाढीका कारण हेलम्बु १ जाने पक्की पुल बगाएपछि स्थानिय लाई आवतजावतमा समस्या परेको थियो । पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । “बल्ल अहिले आएर पुल निर्माण भयो ।”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।...

प्रमुख शाहको डङ्गोल सहित झाँक्री सँग भेट

#, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार, साहित्य
२०७९ बैशाख ३०गते सम्पन्न निर्बाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुखमा अत्याधिक मत ल्याएर नगर प्रमुख बन्नु भएका स्वतन्त्र बालेन शाह र उप प्रमुख सुनिता डङ्गोल महानगर लाइ कसरी राम्रो बनाउँन सकिन्छ भनेर बिभिन्न दलका प्रमुख हरु साँग छलफल गरिरहनु भएको छ । केही दिन अघी मात्र राजनिती दलका प्रमुखहरु साँग भेट गरे लगत्ते प्रधान मन्त्री शेर बहादुर देउवा साँग भेट गरेर महानगर लाइ ब्यवस्थीत गर्ने बिषयमा छलफल भए लगत्तेै शहरी विकास मन्त्री रामकुमारी झाँक्री सँँग भेट गरेको समाचार प्राप्त भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका शाह र उपप्रमुख डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताउँनु भएको छ । काठमाडौंको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने बताउँदै झाँक्रीले काठमाडौं उपत्यकाको...

सरकारी कार्यालयको छड्केमा ११ कर्मचारी अनुपस्थिति

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक जिल्ला चौतारा स्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बुधबार बिहान १० बजे देखी ११ बजे सम्म ११ वटा बिभिन्न सरकारी कार्यालयमा छड्के चेकजाचका क्रममा सो संख्या कर्मचारी अनुपस्थित पाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहनुभएको थियो । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण माग गरी कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।...

सुर्तीजन्य पदार्थ प्रयोग नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलबार हेटौँडामा  आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न÷नगराउन समेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो । उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफ...