सम्पर्क

सरकारी कार्यालयको छड्केमा ११ कर्मचारी अनुपस्थिति

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक जिल्ला चौतारा स्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बुधबार बिहान १० बजे देखी ११ बजे सम्म ११ वटा बिभिन्न सरकारी कार्यालयमा छड्के चेकजाचका क्रममा सो संख्या कर्मचारी अनुपस्थित पाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला मालपोत कार्यालयमा २ जना, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३ जना, शिक्षा समन्वय इकाईमा १ जना, पूर्वाधार विकास कार्यालयमा २ जना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ जना र स्वास्थ्य कार्यालयमा १ जना गरि जम्मा ११ जना कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहनुभएको थियो । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण माग गरी कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।