सम्पर्क

प्रमुख शाहको डङ्गोल सहित झाँक्री सँग भेट

२०७९ बैशाख ३०गते सम्पन्न निर्बाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुखमा अत्याधिक मत ल्याएर नगर प्रमुख बन्नु भएका स्वतन्त्र बालेन शाह र उप प्रमुख सुनिता डङ्गोल महानगर लाइ कसरी राम्रो बनाउँन सकिन्छ भनेर बिभिन्न दलका प्रमुख हरु साँग छलफल गरिरहनु भएको छ । केही दिन अघी मात्र राजनिती दलका प्रमुखहरु साँग भेट गरे लगत्ते प्रधान मन्त्री शेर बहादुर देउवा साँग भेट गरेर महानगर लाइ ब्यवस्थीत गर्ने बिषयमा छलफल भए लगत्तेै
शहरी विकास मन्त्री रामकुमारी झाँक्री सँँग भेट गरेको समाचार प्राप्त भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका शाह र उपप्रमुख डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताउँनु भएको छ । काठमाडौंको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने बताउँदै झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउँनु भएको हो । उँहाले “तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ ।”, महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताउँनु भयो । यस अघीकाठमाडौं महानगरपालिकाका प्रमुख शाहले बन्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्ने फोहोर बन्चरेडाडाँमा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गर्नु भएको थियो ।नगर उप प्रमुख डंगोलले महानगरको फोहोर बिवादलाइ सदाका लागी अन्त्य गर्नु महानगरपालिका लागी परेको ले यसका लागी सबै ले महानगरलाइ सहयोग गर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रबीन्द्र बोहराले बन्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिनु भए को थियो ।