सम्पर्क

सिन्धुपाल्चोकमा लोपन्मुख लगायतको अनुसन्धान गरिने

सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने लोपोन्मुख राउटे, सिमान्तकृत,वर्गका मानिसहरुको ज्ञान सीपको अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने कार्यक्रम हुने भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानको अध्यक्ष सत्यदेवी खड्काका अनुसार माझी,भुजेल,दनुवार,थामि,पहरी जातिका बसोबास भएको ठाउमा गई उनीहरुको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका सहायक वन डिभिजन अधिकृत कृष्ण बहादुर थापाले विश्व र नेपालको जनसंख्याको विवरण र जातजातिहरु नेपालमा आदिवासी जनजातिहरु, तिनका भाषा संस्कृती, जीवनआधार, भौगोलिक विस्तार, देशको विभिन्न भाग र विदेशसंगको सम्बन्ध पहुँचका बारेमा जानकारी लिनु र त्यसलाई समेटेर पुस्तक प्रकाशन गर्नुपर्ने छ । विशेषगरि सिन्धुपाल्चोक जिल्लामा भएका राउटे,माझि,थामि,भुजेल,पहरि,दनुवारको अवस्था , अध्ययन गरि जिल्लामा जनसंख्या विवरण, भौगलिक रुपमा जोखिमको अवस्था, जिल्लाका स्थानहरु, भाषा, भेष भुषा, रहन सहन, नाता सम्बन्ध, धार्मिक सांस्कृतिक अवस्था, पारिवारिक संरचना (पूरुष वा महिला प्रधान, पूरुष र महिलाको जिम्मेवारी, छोराछोरीलाई हेर्ने दृष्टिकोण राजनैतिक अवस्था राजनितिमा चासो सहभागिता । आर्थिक अवस्था उत्पादन रोजगारी बजार विनिमय आर्थिक स्वभाव सामाजिक तथा शैक्षिक अवस्था समाजमा चिनारी वा समाजमा कस्तो भनेर चिनिने महिला र
पुरुषका भुमिका, महिला र पुरुषलाई हेर्ने दृष्टिकोण, साक्षरता अवस्था,शिक्षामा पहुँच, शैक्षिक लगाव अन्य समुहसंगको सम्बन्ध जनसंख्या अनुपात (केटाकेटी, ठिटाठिटी, बुढाबुढी आदि) का विषयमा केन्द्रित रहनेगरि अनुसन्धान तथा त्यसको प्रकाशन गर्ने गरि छनौट भएको प्रतिष्ठानलाई जिम्मेवारी दिएको बताउनुभयो । प्रतिष्ठानका सचिव कुमार प्रसाद ओझाले लोकप्रिय नेत्रज्योती सञ्चार समुह, जनजाति महिला उत्थान केन्द्र र सामाजिक बिकास संस्थाहरुसँग कार्यक्रम सम्पन्नताको लागि सम्झौता गरिसकेको बताउदै उक्त कार्यक्रम सम्पन्न गर्ने र यसका लागि अझ व्यवस्थित र विवरण संकलनमा सहजिकरण हुने गरि २५ गते सदरमुकाम चौतारामा एक वृहद छलफल गरिने कार्यक्रम समेत रहेको बताउनुभयो ।