सम्पर्क

हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ को मेलम्ची घ्याङ र नाकोते जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । गत असार १ गते आएको बाढीका कारण हेलम्बु १ जाने पक्की पुल बगाएपछि स्थानिय लाई आवतजावतमा समस्या परेको थियो । पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । “बल्ल अहिले आएर पुल निर्माण भयो ।”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।