नेपालमा मनसुन भित्रिने सरदर मिति यसअघिका वर्षहरूमा १० जुनलाई मानिँदै आएको थियो । तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ । जल तथा मौसम विज्ञान विभागको नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आईतबार विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली नेपालको प्रदेश १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ ।
