सम्पर्क

नेपाल किड्स संस्थाद्धारा सामाग्री हस्तान्तरण

नेपाल किड्स संस्था काठमाडौंद्धारा चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर ९ लाई सामाग्री हस्तन्तरण गरेको छ । उक्त संस्थाका अध्यक्ष हरिशरण गिरी र उहाँको श्रीमती शान्ति गिरीले नवनिर्वाचित वडाध्यक्ष विमल श्रेष्ठलाई मंगलबार एक कार्यक्रम बिच कलर प्रिन्टर, कम्युटर र फोटोकपी मेसिन हस्तान्तरण गरेको हो । वडाध्यक्ष श्रेष्ठले माग गरेअनुरुप वडाबासिलाई लक्षित गर्दै हरेक काममा सहज होस भन्ने हेतुले उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिरिले जानकारी दिनुभएको छ । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष गिरीले संस्थाले यसअघि पनि वडाकार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै चौतारा सागाँचोकगढी नगरपालिका ९ जितपुर गोमादेवी माध्यमिक विद्यालयमा कम्युटर हस्तान्तरण र विभिन्न विद्यालयलाई आर्थिक सहयोगका साथै विद्यालय विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको र आबश्यकता हेरेर फेरि पनि सहयोग गर्ने प्रतिबद्दता गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले गिरि परिबारले यसरी वडामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित वडा सदस्य तथा स्थानीय बासिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम संचालन समीर तामाङले गर्नुभएको थियो ।