नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । उक्त निर्णय गत जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
