सम्पर्क

पालिकाको अध्यक्ष सहीत जनप्रतिनिधीहरु निलम्बीत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेष्ठ २४ गते ४ जनाजन प्रतिनिधिलाई निलम्बन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले सम्बन्धित स्थानीयतह र निर्वाचनआयोगलाई पत्राचार गरेको हो ।आयोग कैलालीको मोहन्याल गाउँपालिकाकाअध्यक्ष देवीदत्त उपाध्याय सहित सोही गाउँपालिकाको वडा नम्बर ३ कानन्दराम गिरि, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ७ का सुरत बहादुर रावललाई निलम्बन गर्न भनेको आयोगका साहयक प्रबक्ता बेद प्रसाद भण्डारीले जारी गर्नु भएको बिज्ञेप्तीमा जनाइएको छ । प्रबक्ता भण्डारी द्धारा जारि गरिएको बिज्ञेप्ती अनुसार भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मानिर्वाचितभएको सम्वन्धमा कानुनअनुसार उँहाहरुलाई निलम्बनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गर्नु भएको बिज्ञेप्तीमा भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोप पत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको भ्रष्टाचारको कसुरमा विभिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मानित विशेष अदालतमा आरोपपत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु मिति २०७९।०१।३० सम्पन्न भएको स्थानीतहको निर्वाचनवाट विभिन्न ओहोदामा निर्वाचित भएको देखिएको निम्नबमोजिमका पदाधिकारीका सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन देहायबमोजिमगर्ने गरी सम्वन्धित निकायमा लेखी पठाइएको छ।(१) देवीदत्त उपाध्यायको हकमाः कैलाली जिल्ला, मोहन्याल गाउँपालिका, वडा नं. २ कातत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मानिजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७को कसुरमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको सजायको माग दाबीलिई आयोगवाट मिति २०७९।०१।०२ मा विशेष अदालतमा आरोपपत्रदायर भई उक्त मुद्दा विचाराधीन रहँदाकै सन्दर्भमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोपको लागेको कुनै व्यक्ति÷राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतःनिलम्बनमा रहने व्यवस्था अनुसार हाल मोहन्याल गा.पा.का. अध्यक्ष पदमानिर्वाचित देवीदत्त उपाध्यायको हकमा निजविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ । (२) नन्दराम गिरीको हकमाः कैलाली जिल्ला, मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ को कसुरमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको सजायको माग दाबीलिई यस आयोगवाट मिति २०७९।०१।०२ माविशेष अदालतमा आरोपपत्र दायर भई उक्त मुद्दा विचराधीन रहँदाकै अवस्थामा निज नन्दराम गिरी स्थानीय तहको निर्वाचनमा सहभागीभई मोहन्याल गाउँपालिकाको वडा नं. ३ को वडाध्यक्ष पदमानिर्वाचितभएकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार निजविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्बनमा रहने हुँदा सो बमोजिम कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीयतहमा लेखी पठाइएको छ । हरिराम भण्डारीको हकमाः नुवाकोट जिल्ला, बिदुर नगरपालिका, वाड नं. ९ स्थित सुलक्षण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकोले निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा ३ को उपदफा (१) र सोहीदफाको उपदफा (१) को खण्ड (क) बमोजिम सजायको माग दाबीलिई यस आयोगबाट मिति २०७६।०५।२० गते विशेष अदालतमा मुद्दा दायर भई उक्त मुद्दा विचाराधीन रहँदाकै अवस्थामा निज हरिराम भण्डारी स्थानीयतहको निर्वाचनमा बिदुर नगरपालिका, वडा नं. ९ को वडाध्यक्षमा निर्वाचितभएकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएको कुनै व्यक्ति÷राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतःनिलम्बनमा रहने व्यवस्थाकार्यान्वयनगर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचनआयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ । सुरत बहादुर रावलको हकमाःअछाम जिल्ला, पंचदेवलविनायकनगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक बिद्यालयको प्राथमिक तहका शिक्षक सुरत बहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकोमा निजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा सजायहुन यस आयोगवाट मिति २०७६।०१।०५ मा माग दाबीलिई विशेष अदालतमा आरोप पत्रदायर भएकोमा सम्मानित अदालतबाट मिति २०७६।०५।१३ गते निजउपरको कसुर ठहर भई रू ५०००।– जरिवाना भएको र प्रतिवादीले शुरु म्याद गुराजी बसेकाले निजलाई पुनरावेदनको म्याद दिन परेन भनि भएको फैसला नै अन्तिम भएकोमा निज सुरत बहादुर रावलले स्थानीय तहको निर्वाचनमा सहभागीभई पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को वडाध्यक्षमा निर्वाचितभएको भएतापनि स्थानीयतहनिर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भ्रष्टाचारको कसुरमा सजायपाएको व्यक्तिनिर्वाचनमाउम्मेदवार हुनअयोग्यमानिने छ भन्ने व्यवस्था रहेको, सोही ऐनको दफा १५ को उपदफा (१) माकुनै सदस्यको पदमा निर्वाचित व्यक्तिदफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निजत्यस्तो पदबाट मुक्त हुनेछ भन्ने व्यवस्था रहेको र उक्तदफाको उपदफा (२) माउपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्वन्धित व्यक्तिलाई दिनुपर्नेछ भन्ने कानुनी व्यवस्था रहेकोले सोही व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ । भनीएको छ ।