धुलिखेलको ‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस
धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका पूरा भएका चार लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस गरेको छ । नगरले दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले सङ्घको दिगो सहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गर्नुभएको हो । “दिगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन सङ्घलाई बुझाए, यसलाई गौरवको विषय मान्नुपर्छ”, ब्याञ्जूले भन्नुभयो । उहाँले जुलाई पहिलो साता सङ्घको न्यूयोर्कस्थित कार्यालयमा १६३ देशका प्रतिनिधि सहभागी दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा सम्बोधन गर्दै धुलिखेलले दिगो विकास लक्ष्यमध्ये हासिल गरेका चार लक्ष्यका बारेमा जानकारी गराउ...
