बिपना तामागं गोले.
विजया दशमी २०७९ उपलक्ष्यमा कदमबासमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपाली काँग्रेस कदमबासद्वारा शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम गरिएको हो ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा कदमबासमा भएको विजय दशमी शुभ दीपावली तथा छठ पर्व र नेपालसंवत ११४३ को पावन अवसरमा आयोजित शुभ(कामना आदान(प्रदान तथा चियापान कार्यक्रम मा बिभिन्न सामाजिक ब्यक्तीहरुको उपस्थिती रहेकोथियो । नेपाली काँग्रेस वडा इकाइ समितिका उपसभापति सुकुमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूका साथै शिक्षक महासंघ सिन्धुपाल्चोकका सहसचिव ज्ञानबहादुर तामाङ ने. क.पा. एमालेका वागमति प्रदेश का सदस्य विदुर भारती, ने.क.पा माओवादी केन्द्रका नगर सचिवालय सदस्य एवम वडा नं. ९ का इन्चार्ज कृष्ण व.तामाङ, नगर सदस्य रेशम तामाङ, माओवादी केन्द्र चौतारा साँगाचोकगढी ९ का अध्यक्ष मंगले तामाङ, पूर्व गा.वि.स. अध्यक्ष सुनबहादुर तामाङ लगायत नेपाली कांग्रेसका नेता, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संस्थाका प्रतिनिधि र विभिन्न तह र ओहदका व्यक्तिहरू को बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ चौसाँगढीका सचिव सुनिल तामाङ, नेपाली कांग्रेस वडा कार्याल कार्य समितिका पूर्व सचिव अमित गिरी नेपाली कांग्रेस चौँसागढी नगरपालिकाका सदस्य भिम वहादुर तामाङ, माओवादी केन्द्र चौसाँगढ़ी का सल्लाकार सयोजक सदस्य अमरबहादुर बि.क माओवादी केन्द्र चौतारा साँगाचोकगढी सचिवालय सदस्य एव वडा न.९ का इन्चार्ज कृष्ण बहादुर तामाङ, शिक्षक महा संघ सि.पा. का सह सचिव ज्ञानवहादुर तामाङल ने. क. पा. एमाले वागमति प्रदेश सदस्य विदुर गिरी, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य थिरेन्द्र राज गिरीलगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै वडा अध्यक्षश्रेष्ठले आफू शासक बन्न होइन सेवक वन्न निर्वाचित भएको कुरा बताउनु भयो । वडाको समग्र विकासमा लागि रहने वचनवद्धता व्यक्त गर्नु हुदै नजिक गरेको बडा दशैँ तिहार, छठ र नेपाल संवत को अवसरमा वडनबासीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्तु भयो । वि.पिले सुरुवात गरेको मेलमिलाप र सद्भाव विकास गर्ने उद्देश्यले विजय दशमीको उपलक्ष्यमा आयोजना गरिएको चियापान कार्यक्रमलाई अनुसरण गर्दै नेपाल कांग्रेस कदमवासले पनि कदमवासका विभिन्न राजनैतिक दलका सबैसँग सद्भाव कायम गर्न वडा भित्रको सबै राजनैतिक दललाई निमन्त्रणा गरी उक्त कार्यक्रमबाट राजनैतिक संस्कारको विकास, मेलमिलाप र सदभावको विकास गराएको नेपाली काँग्रेसनगर सदस्य भिम बहादुर तामागंले बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति विरबहादूर तामाङले उपस्थित सबैलाइ धन्यबाद दिनु भएको थियो भने सचिव समिर तामाङ्ले कार्यक्रम सञ्चालन गर्नु भएको सुनिल तामागंले जानकारी दिनु भयो ।
