सम्पर्क

१०३ वर्षकी जेष्ठ नागरिक बस्नेतलाई अभिनन्दन मनाइयो जेष्ठ नागरिक दिबस

सिन्धु पाल्चोक जिलला चौतारा साँगाचोकगढी वडा नं ५ मा रहेको बृद्धाश्रममा १०३ वर्षकी नगरकै जेष्ठ नागरिक ईन्द्र कुमारी बस्नेतलाई अभिनन्दन गर्दै जेष्ठ नागरिक दिबस मनाइएको छ । चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा भएको कार्यक्रमको चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलय तथा सरोकारवालाहरुको उपस्थिती रहो थियो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमख अतिथ्यता मा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल ,प्रहरी उपरिक्षक रामेश्वर यादव ,प्रमुख सेनानी जनक सिल्वाल ,अनुसन्धान प्रमुख कुमार खड्का ु ,पुर्व सांसद कृष्णराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख श्रेष्ठले जेष्ठ नागरिक भनेका भगवान हुन भन्दै जेष्ठ नागरिकको स्याहासुसार गरेर चौतारको बृद्ध आश्रमका सञ्चालकले ठुलो धर्म कमाएको बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुने भएकाले सरकारले उनीहरुको संरक्षणमा चासो राख्नुपर्नेमा जोड दिनुभयो । शनीबार नै कार्यक्रममा१४औं साधारण सभा र छैठो अधिवेशन सम्पन्न गरेको छ । यसै गरी जिल्लाका १२वटै पालीकाहरुमा यो दिबस मनाइएको छ ।अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस को दिन शनीबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ र १४मा पनी जेष्ठ नागरिक बा आमाहरू सँग विजय दशमी को उपलक्ष्यमा शुभकामना आदनप्रदान गरि सँगै चियापान कार्यक्रम गरिएको थियो । वडा नं १४मा वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो