सम्पर्क

दनुवार बस्तीमा खानेपानीको धारा जडान

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दनुवार बस्तीमा खानेपानीका धारा जडान जडान भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले खानेपानी धाराको उद्घाटन गर्दै बस्तीमा नै खानेपानी धारा निर्माण भएपछि स्थानीयको वर्षौंदेखिको समस्या टरेको जानकारी भयो । त्यसैगरी मेलम्चीका सबै वडाका सबै घरमा आगामी पाँच वर्षभित्र खानेपानी पु–याउने लक्ष्य रहेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । ५ घण्टा हिँडेर पानी ल्याउँदा हैरान भएको यो बस्तीमा पछिल्लो समयमा घरघरको आँगनमा खानेपानीको धारा आउँदा बूढादेखि बच्चा निकै खुसी भएका छन् । उक्त बस्तीका महिला बिहान पाँच बजे उठेर एक गाग्री पानी बोकेर बिहान १० बजे मात्रै घर आइपुग्ने गरेको स्थानीय मनकुमारी दनुवारले बताउनुभयो । खानेपानी आयोजनाबाट १२० घरधुरी लाभान्वित भएका छन् ।