सम्पर्क

हिराहरि तेक्वान्दो डोजाङको शुभकामना

आउँदै गरेको पर्व विजया दशमी, दीपावाली, छठ, ल्होसारको उपलक्ष्यमा हिराहरि तेक्वान्दो डोजाङका ले चौतारामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ सिनधुपाल्चोक जिल्ला चामैतारासाागाचोकगढी नगरपालिका वडा नं५चौताराको टुँडिखेलस्थित डोजाङको प्रशिक्षण कक्षमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्दै चौतारा साँगाचोकगढी वडा नं। ५ का सदस्य रामबहादुर घलेले खेल क्षेत्रबाट समाजको विकास गर्न सकिने बताए । ‘खेलक्षेत्र भनेको अनुसाशित क्षेत्र हो, यसले अनुसाशन सिकाउँदछ’, उनले भने– ‘खेलको माद्यमबाट हामीले देशको नाम उँचो बनाउनुको साथै समाजको विकासमा योगदान पु¥याउन समेत सक्छौं ।’कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदको बोर्ड सदस्य निरन्जन थापा मगर, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठ, लगायतले आउँदो चाडपर्वको शुभकामना दिँदै हिराहरी तेक्वान्दो डोजाङले खेलक्षेत्रमा गरेको योगदान प्रति धन्यबाद दिदै बिजया दशमकिो शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममाजुनियर ग्रेडिङको र कालो पेटीको कोरियन प्रमाणपत्र वितरणमा गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई डोजाङले मायाको चिनोसमेत प्रदान गरेको थियो । हिराहरि तेक्वान्दो डोजाङका अध्यक्ष एवम चौतारा साँगाचोकगढी वडा नंं ५का वडा अध्यक्ष शिव श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन डोजाङका प्रशिक्षक रमेश गुरुङले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्र्र्दै वडाअध्यक्ष श्रेष्ठले खेलकुदको बिकास हुनु भनेकै स्वास्थ्यको बिकास हुन हो भन्नु भयो ।