नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक(१ मा गठबन्धनको उम्मेदवार आफैं भएको ले आफ्नो पक्षमा मत मत माग्न गाँउ जान कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ।उँहाले गाँउ क्षेत्र , जिल्लाबाट आफ्नो नाम एकल सिफारिस भएको र यस क्षेत्रमा काँग्रेस नै सबै भन्दा धेरै जनमत भएको पाटी भएकाले गठबन्धनमा काँग्रेसले टिकट पाउँने बताउँनु भयो । उँहाले बजार हल्लाको भरमा नअल्मलिन अनुरोध गर्दै गाँउ गाँउमा गएर कााग्रेसका पक्षमा मत माग्न भन्नु भयो । उम्मेद्वारीको बिषयमा प्रष्ट पार्दै बस्नेतले हिजो माओवादी केन्द्रले एमालेको बलमा चुनाव जितेको हो ।
अब उम्मेदवारीको बिषयमा धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार मै हुँ । अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ वा के गर्नु हुन्छ उहाँको कुरा हो।कांग्रेस बलियो भएको ठाउँमा माओवादी केन्द्रले दाबी गर्न नमिल्ने भन्नु भयो । उँहाले ,” नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कमजोर ठाउँमा पो तालमेल गर्ने हो भन्नु भयो । मेरो क्षेत्रका ५४ वटामध्ये एक्लै ३२ वडा कांग्रेसले एक्लै जितेको छ । क्षेत्रका तीनै सिट पार्टीले जित्ने स्थिति छ । एक लिटरको भाँडोमा पाँच लिटर हाल्यो भने पोखिइहाल्छ नि भन्दै बीनेतले अरु बलियो भएको ठाउँमा चुनाव लड्छु भनेपछि कसरी मिल्छ ? रोल्पा(रुकुममा माओवादीले कांग्रेसलाई दिन्छ ? कांग्रेसलाई दियो भने माओवादीभित्र पनि लफडा हुन्छ।कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन भए विद्रोह हुने पनि उहाँले औंल्याउनु भयो ।अप्राकृतिक गठबन्धन र गलत तरिकाले सिट बाँडफाँट सम्भव छैन । कांग्रेसको मतको अपमान हुने गरी गठबन्धन हुन सक्दैन । त्यो हुन थाल्यो भने शेखर कोइराला समूह मात्र होइन संस्थापनभित्रै पनि विद्रोह हुन्छ । जो लोकप्रिय छ, जसको संगठन बलियो छ, त्यसले टिकट पाउनुपर्छ’ उहाँको भनाइ रहेको छ। पार्टीभित्र अहिले नेतृत्वलाई सचेत गराउने काम भइरहेको भन्दै “गठबन्धनको औचित्य स्थापित हुनुपर्छ । टिकटको बाँडफाँट वैज्ञानिक र सन्तुलित हुनुपर्छ । निर्णय नहुन्जेल दबाब र गुनासो राख्ने कुरा स्वाभाविक हो ।” बस्नेतले भन्नु भयो ।
