सम्पर्क

सुनकोशी द्वारा सम्मान सहति शुभकामना आदाप्रदान

सुनकोशी गाँउपालिकालाई सुन्दर, समृद्ध र सुखी सुनकोसी बनाउनका लागि आफू सधैं समर्पित रहेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनु भयको छ । उँहाले सुनकोशी गाँउपालिकाका नागरिकको समस्या समधान गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गरेर पालिकाको बिकास गर्न आफु लागी पर्नेसमेत बताउँनु भयो । विजया दशमी २०७९ उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा नागरिक कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बिहीबार खाडीचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत सुनकोसी ६ निवासी डा. रामशरण भण्डारी र सफल ब्यवसायी राजु कार्कीलाई सम्मान गर्दे तिमल्सिनाले पालिका भित्र यस्ता ब्यक्तीत्वहरुरहेको रयस्ता ब्यक्तीत्वको श्रम र सिपलाइ सम्मान गर्दे पालिकाकाको बिकासमा अघी बढ्न पर्ने बताउँनु भयो । पालिकाका उपाध्यक्ष कान्छी तामाङ्गले सुनकोशी गाँउपालिका को पहीचान उच्च स्थानमा लान गरेको नागरिकको प्रयोसलाइ पालिकाले सँधै उच्च मुल्याङ्कन गर्ने बताउँनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बिजय दशमीको अबशर पारेर पालिकाको प्रतिष्ठा बढाउँनुहुने श्रष्टाहरलाइ सम्मान गर्न पाउादा खुशी लागेको बताउँदै आगामी बर्षहरुमा यस्ता ब्यक्तीत्वहरुको अझै बिकास होस भन्ने चाहाना पालिकाले राखेको बताउँनु भयो । सोही कार्यक्रममा सुनकोसी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका तर्फबाट एसइइ परीक्षामा उत्कृष्ट हुन सफल महेन्द्रद्वय माविका छात्रा दिया दंगाल, छात्र मिलन केसी लगायतका विद्यार्थीलाई पनि सम्मान गरेको थियो । युगबहादुर खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, सुनकोसी गाउँपालिका, शिक्षक महासंघका अध्यक्ष सीताराम पराजुली, माओवादी केन्द्रका मिम योन्जन, नेपाली काँग्रेसका रुपकाजी लामा, एमालेका प्रेमलाल लामा ,सम्मानित ब्यक्तित्व आरएस भण्डारी, राजु कार्की र सात वटा वडाका वडाध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।