नगर प्रमुख आइतमान तामाङ्गले महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो यातायात शुचारु गर्न मेलम्ची सम्बन्धीत निर्माण कम्पनी र उपभोक्ता समितीहरुलाइ निर्देशन दिनु भएको छ ।
उहाँले बर्षाद कमी भइसकेको अबस्था रहेको र नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपमवलीको लागी गाँउमा आउँने हरुलाइ सठकका कारण दुःख नहोस भन्दै तत्काल सडक ममंत गरी आबत जावतमा सहजता गर्न नगरपालिका प्रमुख आइतमान तामाङ्ले निर्देशन दिनु भएको हो । यसै अनुरुप मेलम्ची नवलपुर तथा मेलम्ची भोत्ताङ जाने मुख्य राजमार्गमा पर्ने इन्द्रावती नदीमा अस्थायी पुल अर्थात् ह्युम पाइप राख्ने काम अन्तिम चरणमा पुगेको छ । सम्भवत बिहीबार बेलुका सम्म कार्य सम्पन्न भइ यातायात सञ्चालनमा ल्याउँन सकिने भएको छ । महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो नगरमा बर्षादका कारण अबरुद्ध भएका सबै सडकहरुमा यातायात सुचारु गर्न मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ्ले निर्देशन दिनु भएको थियो । यसै बिच जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले मेलम्ची नगरपालिकालाई प्रविधिक तथा विकासमा सहयोग गर्ने भएको छ । मेलम्ची नगरप्रमुख आइतमान तामाङसंगको भेटमा जाइकाका नेपाल प्रतिनिधि डा. हिराबयाशी अत्सुतोशीले नगरपालिकाको विपद् न्युनीकरण र रोकथामका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउँनुभएको हो । 
अत्सुतोशीले नगरपालिकाको समग्र विपद् तथा न्युनीकरण व्यवस्थापन लगायत अन्य विकास क्षेत्रमा आफूहरु सहकार्य गर्न तयार रहेको बताउँनुभएको थियो । नगर नगरप्रमुख तामाङको कार्यकक्षमा करिब डेड घण्टा कुराकानी गरेको डा. अत्सुतोशीको टोलीले आफूहरु बाढी पहिरो रोकथाम तथा नियन्त्रणमा दीर्घकालिन सहयोगका लागि उत्साहित भएको बताउँनुभएको थियो । डा. अत्सुतोशीले आफ्ना भनाई राखेपछि नगरप्रमुख तामाङले जापान जस्तो अनुभवी प्राविधिक टिमको सहकार्य मञ्जुर रहेको तर त्यसको लागि जाईकाले पनि के कस्ता कुरामा र कति, कसरी सहयोग गर्न चाहनु भएको हो प्रष्ट खाका बनाएर ल्याउन आग्रह गर्नु भएको छ। प्रमुख तामाङले नगर र स्थानीयको हितमा हुने सहयोगको खाका जाइकाले दिएको खण्डमा आफू सदैब सहकार्य गर्न तत्पर रहेको कुरा प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।
