सम्पर्क

‘गरे के हुदैन सीप सिकौं, आत्मनिर्भर बनौं ’ नेपाली

हामी नेपालीहरूको धारणा के छ भने सीप सिकेर मात्र के गर्नु ? खर्च मात्रै गरेर के गर्ने ? बरु विदेश गइयो भने एकमुस्ट कमाइ भइहाल्छ अनि विदशी पैसालाई नेपालमा आई सुखसयलको जीवनयापन गरौं तर बिदेश नगई पनि मेहनत गरे जस्तो सुकै काम पनी सफल हुने हेलम्बु गाँउपालिका वडा नं ४ निबासी कृष्ण बहादुर नेपालीले बताउनुहुन्छ । उहाँले आफै कपडा सिलाउँने काम गर्नु हुन्छ । सानो व्यवसाय गरेर धेरै इष्ट कमाई सक्नु भएको छ ।
२०७२ सालमा विनाशकारी भुकम्पको बेला हेलम्बु गाउँपालिका वडा नं.४ का सबै दलित परिवारलाई राहत दिएर नाम कमाउँनु भएका नेपालीले कोरोना माहामारीमा पनी ८ हजारभन्दा बढि माक्स सिलाएर कम्या भरिया स्वास्थ्य केन्द्र मार्फत निशुल्क वितरण गरेका स्थानीय जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउँन सहयोग गर्नु भएको थियो ।