सम्पर्क

ब्रेकिङ न्युज २

मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

ब्रेकिङ न्युज २, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदान गर्न जादा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो । आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दि...

राप्रपाले जिते भ्रष्टचार अन्त्य हुन्छ ः राणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब अध्यक्ष पशुपती शमसेर जबराले राप्रपा राष्ट्र निर्माण र बिकासका लागी राष्ट्रीय प्रजातन्त्र पाटीले निर्वाचन जित्नै पर्ने र यसरी पाटी शक्तिमा आए भ्रष्टाचारीहरूमाथि कार्बही गरिने बताउँनु भएको छ । उँहाले राप्रपाले सरकार चलाएको अढाई बर्षमा नै नेपाल एक शक्तिशाली राष्ट्र बन्ने बताउँनु भयो । उँहाले देशका ठुला दल भन्नेहरुको निर्वाचन चिन्ह हराउको बताउँदै राप्रपा जस्तो स्थिर पाटीलाई जनताले माँया गर्नै बिश्वास लिएको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै राणाले आगामी मंसरि ४ गते जनताले मत दिने र त्यसपछी जनताले मत दिएकालाई मन्त्री दिएर बिकासका काममा लगाउँने बताउँनु भयो । बाह्रबिसेको कबर्डहलमा भएको कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार नारायण जगं पाण्डेले देशमा भ्रष्टचार मौलाएको बताउँदै यो भ्रष्टचार रोक्नक...

चुनावि प्रचारप्रसार विहिबारसम्म मात्र

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगमि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब ६ दिनमात्र बाँकी रहेको छ । निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार विहिबारसम्म मात्र गर्न पाउने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।...

दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो । चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको भन्ने सम्बन...

उद्योग बाणिज्य संघले बुझायो ज्ञपन पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग वाण्मिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले बैंक तथा बितिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गर्दै पत्र बुझाएको हो । संघको तर्फबाट निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाउँनुभएको हो । ज्ञापनपत्रमा संघको कार्यकारी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । कार्यकारी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार उक्त ज्ञापनपत्र बुझाउन प्रजिअको कार्यकक्षमा पुगेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाउँनुभयो । प्रजिअले चर्को व्याजदरको मार अन्य राट्रहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको यसप्रति सवैको चासो रहनुपनसमेत बताउँनुभयो।ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन...

त्रिविका क्याम्पस र कार्यालयमा तीन दिन बिदा

ब्रेकिङ न्युज २, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । मङ्सिर १ देखि ५ गतेसम्म बन्द हुने त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरेको छ । अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको छ । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।...

बिकल्प खोज्न जनता आतुर रहेका छन ः लिङ्देन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
तिन दशक सम्म देसलाइ बन्धक बनाएर राखेका नेपालका ठुला राजनितदलहरुको बिकल्प खोज्न जनता आतुर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बताउँनु भएको छ । देश दौडाहामा रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले सिन्धु पाल्चोक जिल्लाको मेलम्ची बजारमा रा.प्र.पा द्धारा आयोजित सभालाई सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । उँहाले बिकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पाटी भएको सभामा सहभागी जनसमुहले स्पस्ट पारेको बताउँनु भयो । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो दलका उमेदवारलाई विजयी गराउन सिन्धु बासीलाइ आग्रह गर्दै आफुहरु देशमा ठुलो परिवर्तन गर्ने सोचका साथ अघी बढेको भन्दै देशमा ठुला दलहरुले फोहोरी राजनीति गरिरहेको भन्दै असन्तुष्ठी समेत ब्यक्त गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै पशुपती शम्सेर जबराले हरेक पटक मेलम्चीको पानी काठमा...

निर्वाचन अबधीभर मादक पदार्थ बन्द

ब्रेकिङ न्युज २, राजनिती
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आगामी मंसीर ४ गते हुने निर्वाचनको सुरक्षा स्थितीलाइ मध्य नजर गर्दै आगामी मंसीर ४ गते सम्म कुनैपनी खालका मादक पदार्थहरुसेवनमा रोक लगाएको छ । बुधबार २३ गते बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोकद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।  ...

प्रतीबद्धता पुरा गर्दै इन्द्रावतीगाउँपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाले स्थानीय नागरिकको समस्यालाइ मध्यनजर गर्दे वडाकार्यलय बाटै सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्था गरेको छ । गाँउपालिकाका अध्यक्ष झम्क नेपालले निर्वाचन ताका स्थानीय नागरिकको समस्याका लाइ समधान गर्नका लागी आफु हर प्रयास गर्ने बताउँदै गरेको चुनावी प्रतिबद्धता पुरा गर्ने क्रममा यो अभियान लागु गर्नु भएको हो । इन्द्रावती गाँउपालीकामा निर्वाचित भएर कार्यभार सम्महाल्ने क्रममा पनी नेपालले जेष्ठनागरिक र असायहरुकोसमस्यालाइ प्राथमिकता दिने बताउँनु भएको र सोही प्रतिबद्धता पुरा गर्ने क्रममा सोमबार देखी सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै बितरण गर्न लागीएको गाँउपासलिकाका प्रबक्ता शशी नाथ आचार्यले जानकारी दिनु भयो । उँहाका अनुसार बुधबार सम्म वडा नं १,३,५,१०मो यो कार्यक्रम लागु भइ सकेको र बाँकी वडाहरुमा पनी शुक्रबार सम्ममा यो योजना लागु भइ सक्ने बताउँनु भयो । पालि...

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

ब्रेकिङ न्युज २, समाचार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उहाँले निर्देशन दिनुभएको छ । डोटीको पूर्वीचौक...