राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब अध्यक्ष पशुपती शमसेर जबराले राप्रपा राष्ट्र निर्माण र बिकासका लागी राष्ट्रीय प्रजातन्त्र पाटीले निर्वाचन जित्नै पर्ने र यसरी पाटी शक्तिमा आए भ्रष्टाचारीहरूमाथि कार्बही गरिने बताउँनु भएको छ । उँहाले राप्रपाले सरकार चलाएको अढाई बर्षमा नै नेपाल एक शक्तिशाली राष्ट्र बन्ने बताउँनु भयो । उँहाले देशका ठुला दल भन्नेहरुको निर्वाचन चिन्ह हराउको बताउँदै राप्रपा जस्तो स्थिर पाटीलाई जनताले माँया गर्नै बिश्वास लिएको बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै राणाले आगामी मंसरि ४ गते जनताले मत दिने र त्यसपछी जनताले मत दिएकालाई मन्त्री दिएर बिकासका काममा लगाउँने बताउँनु भयो ।
बाह्रबिसेको कबर्डहलमा भएको कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार नारायण जगं पाण्डेले देशमा भ्रष्टचार मौलाएको बताउँदै यो भ्रष्टचार रोक्नका लागी राप्रपालाई मत दिन पर्नै बताउँनु भयो ।
बागमती प्रदेश उम्मेदवार दिपक थापाले बिकासको लागी र भ्रष्टचार अनियमितता रोक्नका लागी मात्र भए पनी राप्रपालाई मत दिन आग्रह गर्दै आफुले जितेको अबस्थामा भ्रष्टचारीलाई कानुनी दायरामा ल्याउँने कडा कानुनको निर्माण गर्ने बताउँनु भयो । यसै गरी प्रदेस सभाकी अर्काै उम्मेदवार निर्मला श्रेष्ठले पनी आफुले जितेको खण्डमा भ्रष्टचार नियन्त्रणमा लाग्ने बताउँनु भयो । बाह्र्रबिसेको कार्यक्रम सके लगत्तैे शमेशर सहितको टोली चौतारामा घरदैलो कार्यक्रममा गएको थियो ।
