सम्पर्क

मिली जुली समुह सिन्धुपाल्चोकको उद्धघाटन बाह्र्बिसेमा

आफू पनी बाँचौ अरुलाइ पनी बचाउँ भन्नेमुल नारा बोकेर सिन्धुपाल्चोक जिल्लामा मिली जुली समुहको स्थपना भएको छ । सिन्धुपाल्चोक जिल्ला का नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्दै आयआर्जन मुलक कार्य गर्ने उद्धेश्यले स्थापित भएको समुहको एक समारोहका बिच बाह्र्बिसे नगरपालिकाको उप प्रमुख मन्जु तामागंले उद्धघाटन गर्नु भएको हो ।    मंगलबार बाह्र्बिसे को कबर्डहलमा भएको कार्यक्रममा समुहको कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामागंले नगरपालिकामा रहेका उत्पादन मुलक कार्य गर्नका लागी समुह सक्षम रहने छ भन्ने बिश्वास का साथ सस्थाको दिगो प्रगती कामना गर्नु भयो । उँहाले कृषी उत्पादन गरेर स्थानीय आयआर्जन मा प्राथमीकता दिदै रोजगारका लागी समुहको उद्धेश्य लाइ गन्तब्यमा लानका लागी नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी नहुने बताउँनु भयो । आफु पनी बाच्ने अरुलाइ बचाउँने मुल उद्धेश्यले स्थापित भएको यो सस्थाको उद्धेश्यनगरपालिका सँग मेल खाने देखीएको नगरपालिकामा यस्ता सस्थां को स्थपना भएकोमा खुशी लागेको बताउँनु भयो । नगर भित्रका धेरै नागरिकहरु बिदेसीएका छन,कृषी उत्पादनमा जगंली जनावरले दुख दिएर काम गर्न नसकेको अबस्था छ , तर यो सस्थाले कृषी उत्पादनमा सहयोग गर्न लागेकामा सबै मिलेर बाँझो जमिन लाइ उत्पादन मुलक काममा प्रयोग गरेर बिदेस जन चाहने हरुलाइ गाँउमा नै रोजगारको अबशर दिन का लागी नगरपालिका लागी परेको अबस्थामा यो सस्थाको स्थपना भएकोले नगरका कार्यमा सहजता महशुस भएको बताउृँनु भयो ।सस्थालाइ निरन्तरता दिन आनुरोध गर्दै उँहाले कृषी उत्पादन र स्वरोजगारका लागी गरिने काममा नगरपालीकाकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो कार्यक्रमममा बिशेष अतिथी नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य शान्ताराम बिडारी ले सिन्धुपाल्चोक मिली जुली समुह नाम अनुसार काम गर्न सक्षम रहने छ भन्ने कामनाका साथ यो समुह ले थालनी गर्ने हरेक काममा आफु र आफनो तर्फबाट हुन सक्ने सहयोग गर्ने बताउँनुभयो । यसै गरी कार्यक्रममा उद्योग बाणीज्य संघका सदस्य तथा महीला उध्यम सिलताका कल्याणी घिसीगं,समाजसेवी हिरा बहादुर थापा बाह्रबिसेनगरपालिकाका कार्यपालिका सदस्य राजकुमारी तामागं लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका सभापती कृष्ण सिवाकोटीले सस्था स्थपना गर्नुको उद्धेश्यहरुका बारेमा जानकारी गराउँदै समुह सँग आबद्ध सदस्यहरको आयआर्जनमा उनीहरुको रोजगारका बारेमा अभिभावकीय भुमीका निर्बाह गर्न सस्था स्थपना भएको बताउँनु भयो । सञ्चारकर्मी नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रमको लोकप्रिय समाचार को सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । नेपाल पत्रकार महासंघ नुवाकोटका कार्य समितीका सदस्य हरीराम भेटवाल वडा नं ७का वडा अध्यक्ष सोनाम शेर्पा लगाएत जनप्रतिनिधी तथा समुहका प्रतिनिधीहरु को उपस्थितीममा भएको कार्यक्रममा सहभागीहरुलाइ लक्ष्मी तामागं र मेनीका तामागंले माला र खादा द्धारा स्वागत गर्नु भएको थियो भने इन्द्रमायाँ तामागंले शब्द द्धारा स्वागत गर्नु भएको थियो ।