सिन्धुपाल्चोक उद्योग वाण्मिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले बैंक तथा बितिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गर्दै पत्र बुझाएको हो ।
संघको तर्फबाट निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाउँनुभएको हो । ज्ञापनपत्रमा संघको कार्यकारी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । कार्यकारी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार उक्त ज्ञापनपत्र बुझाउन प्रजिअको कार्यकक्षमा पुगेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाउँनुभयो । प्रजिअले चर्को व्याजदरको मार अन्य राट्रहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको यसप्रति सवैको चासो रहनुपनसमेत बताउँनुभयो।ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन कार्यालयको मूल गे६मा संक्षिप्त कोण सभा गरिएको थियो । उक्त कोण सभामा बोल्दै संघको निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्७ले देशको अर्थतन्त्र धेग्ने व्यवसायीहरु नै व्याजदरको मारमा परेको बताउँनुभयो उँहाले तुरुन्त यसलाई घटाउन माग गर्दै उपस्थित सवैलाई धन्यवाद दिनुभयो । उहाँले आसन्न निर्वाचन सम्पन्न भए लगत्तै जिल्लाको विभिन्न बजारहरुमा बिरोध र्यालीको कार्यक्रम गर्ने समेत जानकारी दिनुभएको छ ।
