सम्पर्क

राप्रपा कसै सँग तालमेल गरेर होइन एक्लै जित्छ पाण्डे


राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोक १ नं क्षेत्रका प्रतिनीधी सभाका उम्मेद्वार नारायण जंग पाण्डेले राप्रपा कसै सँग तालमेल गरेर होइन एकलै चुनाव जित्ने छ ।सिन्धुपाल्चोकको बिकासका लागी राप्रपाले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले उँहा सँग गरेको छोटो कुराकानीको अशं

१। आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ?
आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार हरुलाई जिताउँन लागी परेका छौ । म पाटीको जिम्मेवार कार्यकर्ता समेत भएका कारण पाटीको निर्देशन अनुसार राप्रपाका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल पाटीका उम्मेद्वारहरुलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाटीको निर्देशनलाई पालना गर्न गराउँनका लागी यस क्षेत्रका सबै साथीहरुलाई सक्रीय गराउँदै प्रचार प्रसारमा लागेको छु । हामी शान्तपुर्ण निर्वाचन सम्पन्न गराएर राप्रपालाई जिताउँन लागी परेका छौ अहीले मेरो अबस्था निकै राम्रो छ ।
२ सिन्धुपाल्चोक जिल्ला तपाइको क्षेत्रमा कस्तो प्रभाब छ ?
म पाटीको जिम्मेवार कार्यकर्ता भएको नाताले पनि पाटीका सबै तहका साथीहरुलाई राप्रपाका पुर्ब केन्द्रीय अध्यक्ष पशुपती शम्सेर लाइ समानुपातीकमा र क्षेत्र नं १मा म नारायण जंग पाण्डे २मा गोपाल श्रेष्ठ लगायत उम्मेदवार सबैलाई जिताउँन लागी पर्न आग्रह गर्दछु । यो क्षेत्रको बिकासका लागी मतदाताहरुले राप्रपालाइ मत दिने छन र राप्रपाको उम्मेदवाहरुले नै जित्नुहुन्छ ।किनभने राप्रपा सँग स्पष्ट दृष्टिकोण छ । भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो भनेर कसम खाँदै निर्वाचनमा होमीएको हाम्रो पाटीका उम्मेद्वारहरु जनताकोसमस्याहरुलाई सम्बोधन गर्न सक्षम रहेका कारण राप्रपाले जित्नेमा ढुक्क छु । मेरो क्षेत्रको प्रभावका बारेमा भन्नु पर्दा म गठबन्धन र नेकपा एमालेको भन्दा अगाडी छु । मसँग इमान्दार धर्ममा बिश्वास राख्ने अनुशाशीत र मेहनती मतदाता छन म जँहा गए पनी त्यँहाका मतदाताले हामी माओबादी एमाले काँगे्रस सबैलाइ भोट हाली सकेका छौ अब राप्रपाको पालो भएको छ भनेका छन त्यस मानेमा पनी मैले जित्ने निश्चीत रहेको छ ।
३ राप्रपाले जित्ने आधारहरु के के हुन त ?
अब देशको बलियो शक्ति राप्रपा मात्र भएको छ ।राष्ट्रलाई जोगाउने एजेण्डा राप्रपा सँग मात्र छ । देशमा भएका अन्य दलहरु आन्तरिक स्वार्थको दलदलमा फसेको ठुला दल भन्नेहरुले देशको विकासका लागि कुनैपनि योजना अघि पशुपति शमशेर राणाले गरेको विकासकोे काम हेरे भइ हाल्छ मैले भनी रहन परेन आजभन्दा अघि चुनाव जितेका हरुले केहि काम नगरेको कारण अब विकास गर्ने जिम्मा राप्रपाको काँधमा आएको छ ।
४ राप्रपा ले एमाले सँग तालमेल गरेको भन्ने हल्ला छ नी वास्तविकता के हो त?
बिल्कुल होइन हामी ले मेहनत गरेर यँहा सम्म ल्याएको पाटी राप्रपा हो एमाले सँग तालमेल गर्नै कुरै आउँदैन हामी कसै सँग तालमेल गर्देैनौ हामी एक्लै चुनाव लडेका छौ प्रतिस्पर्धामा जाने हो अरु कुनै पाटी सँग पनी तालमेल गरेका छैनो ।
अन्तमा तपाईको भनाइ के रहेको छ ?
मैले भन्न पर्ने कुरा तपाइको लोकप्रिय समाचार माध्यम मार्फत आगामी मंसीर ४ गतेको निर्वाचनमा म लगाएत राप्रपाका उम्मेदवारहरुलाई बिजय गराउँन सिन्धुबासीमा हार्दीक अनुरोध गर्दछु । र निर्वाचनको सन्दर्भमा मेरो केहि बिचार राख्न दिनुभएकोमा लोकप्रिय समाचारलाइ धन्यबाद दिन चाहान्छु ।