सम्पर्क

सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न

 

 

देबराज सुबेदी
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा तथा वित्त ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई बित्तिय शुसासन कायम गर्ने, वित्तिय जोखिम न्युनीकरण तथा चुनौतीहरको सामना गर्नसक्ने क्षमता विकास गर्दै छरिएर रहेको पूजीँ, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्य हरुको आर्थिक उन्नयन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको नगरपालिका सहकारी शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । त्यस्तै सहकारी खेती, उद्योग,वस्तु तथा सेवा ब्यबशायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन न नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्धेश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम प्रदान गरिएको थोकरले जानकारी दिनुभयो । तालिममा सहकारीको अर्थ,मुल्य मान्यता तथा सिद्धान्तहरुको बारेमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले प्रष्ट पार्नुभएको थियो । २४ गतेबाट सुरु भएको तालिमको आज आइतबार समापन गरिएको हो । तालिमको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका सहकारी प्रशिक्षक नविन मैनालीले सहजीकरण गर्नुभएको थियो । तालिममा नगरभित्रका ३२ वटा सहकारीका कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो । तालिममा सहकारी संस्थाका लागि एकिकृत आर्थिक संकेत तथा वर्गिकरण र ब्याख्या सम्बन्धी प्रशिक्षण दिइएको प्रशिक्षक मैनालीले जानकारी दिनुभयो ।