सम्पर्क

फेरी आयो बन्देउ बिबाद समस्या समधान नभए निर्वाचन बहीस्कार हुँने

 

 

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको बिचमा पर्नै दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा, मा बिगत बर्षौदेखि बसोबास गर्दै आइरहेका १ सयभन्दा बढि घर परिवार ले लालपुर्जा समेत नपाएको कारण समस्यामा परेको र समस्या समधानका लागी को संघर्ष गरिरहेका छन। सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र कुन जिल्लाको हो भन्ने बिबाद २०७४सालमा नै भएको थियो ।  चौतारा साँगाचोकगढी नगरपालिकाका र भुम्लु गाँउपालिकाको बिचमा पर्नै यो क्षेत्र दुबै जिल्लाले दाबी गर्दै आएका छन । तत्कालीन नगर प्रमुख अमानसिैह तामागं र भुम्लु गापाका अध्यक्ष गुमान ध्वज तामागं दुबैले आआफ्नो भनेर दाबी गरेको तर त्यसको छिनो फानो नहँुदै दुबै पक्ष सेलाएको थियो । स्थानीय नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ, तर लालपुर्जा छैन । सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिले सम्म कित्ता नापी नहुँदा नागरिक बिभिन्न समस्या झेलिरहेका छन् । पटक पटक आन्दोलन गर्दा पनि आफुले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि मतदान बहिस्कार गर्ने चेतावनी दिदै उनिहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला निर्वाचन कार्यालय र चौतारा साँगाचोकगढी नगरपालिकामा ध्यानकर्षपत्र बुझाएका हुन ।यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । यहा बसोबास गर्ने हरेक परीवार सँग तिरो तिरेको रसिद पनि छ तर घरजग्गाको लालपुर्जा छैन । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छ भनि नक्सा कित्ता नापी गर्ने कार्य रोकएको थियो । कार्यक्रम रोकीनुको मुख्य कारण भने सिमाना बिबाद रहेको थियो उक्त जग्गा काभ्रेको भएको दाबी गर्दे कित्ता नापी रोकीएको नापी नभए पछी सिन्धुपाल्चोक जिल्ला र काभ्रे जिल्लालाइ नागरिकले सीमा विवाद समाधान गरि आफूहरूको जग्गा नापी गरेर लालपुर्जा दिन बारम्बार माग गर्दै आएका छन । ज्ञापन पत्र बुझदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा ले यसको समधानका लागी नगरपालिकाले हर प्रयास गर्ने बताउँनु भयो भने प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले आफ्नो तर्फबाट यो समस्या समधान गर्न लागी पर्ने बताउँनु भयो ।