सम्पर्क

बिकल्प खोज्न जनता आतुर रहेका छन ः लिङ्देन

तिन दशक सम्म देसलाइ बन्धक बनाएर राखेका नेपालका ठुला राजनितदलहरुको बिकल्प खोज्न जनता आतुर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बताउँनु भएको छ ।
देश दौडाहामा रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले सिन्धु पाल्चोक जिल्लाको मेलम्ची बजारमा रा.प्र.पा द्धारा आयोजित सभालाई सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । उँहाले बिकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पाटी भएको सभामा सहभागी जनसमुहले स्पस्ट पारेको बताउँनु भयो । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो दलका उमेदवारलाई विजयी गराउन सिन्धु बासीलाइ आग्रह गर्दै आफुहरु देशमा ठुलो परिवर्तन गर्ने सोचका साथ अघी बढेको भन्दै देशमा ठुला दलहरुले फोहोरी राजनीति गरिरहेको भन्दै असन्तुष्ठी समेत ब्यक्त गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै पशुपती शम्सेर जबराले हरेक पटक मेलम्चीको पानी काठमाउडौ भनेर राजनिती गरिरहेका दलहरुलाइ मेलम्ची बासकिा लागी के छ भनी प्स्न गर्दै सिन्धु पाल्चोकको सम्पतीमा राजनिती नगर्न चेतावनी दिनु भयो । राप्रपाका उम्मेदवारलाइ सानदारले जिताउँन सिन्धु बासीमा अपिल गर्नु भयो । कार्यक्रममा राप्रपाका नेता पुस्कर ढुगेलले स्वदेसमा शिक्षा लिएर सिकेका सिप बिदेसमा प्रयोग गर्न पर्ने पासपोर्ट बोकेर बिदेश जानु पर्ने दुःखद अवस्था देशमा रहेको भन्दै उक्त अवस्थाको अन्त्य गरी नेपालमा नै स्वरोजगारको व्यबीस्थागर्न रा.प्र.पा को चुनाव चिन्ह हलोमा मतदान गर्न समेत अपिल गर्नु भयो । राप्रपाका जिल्ला अध्यक्ष निलध्वज थापाले बैदेशिक ऋणको दलदलमा देशलाई डुबाउनुले देश कुनै पनि बेला दुर्घटना जानसक्ने जिकिर गर्दै देशलाई दुर्घटनाबाट बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको बिकल्प नरहेको बताउनु भयो ।राष्ट्ीय प्रजतान्त्र पाटी २ नं क्षेत्रद्धारा आयोजित कार्यक्रममा सभापतिको आसनबाट बोल्दै २ नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंले देशकामा २०४६ साल पस्चात आज सम्म स्थिर सरकार बन्न नसकेको भन्दै ठुला राजनैतीक दल पटक पटक फुट्नु, सत्ता लिप्त हुनु का कारण देस सकटमा पर्न लागेकाले राप्रपालाइ जिताउँन पर्ने बताउँनु भयो । उहाँले राष्ट्रलाई जोगाउने एजेण्डा राप्रपा सँग मात्र भएको भन्दै देशमा भएका अन्य दलहरु आन्तरिक स्वार्थको दलदलमा फसेको बताउनुभयो ।उहाँले ठुला दल भन्नेहरुले देशको विकासका लागि कुनैपनि योजना अघि नसारेको बताउनुभयो । पशुपति शमशेर राणाले गरेको विकासकोे चर्चा गर्दै तामाङले फेरी पनि सिन्धुपाल्चोकको विकासको लागि राप्रपा जिताउन आग्रह गर्नुभयो । उहाँले आजभन्दा अघि चुनाव जितेका हरुले केहि काम नगरेको भन्दै अब विकास गर्ने जिम्मा राप्रपाको काँधमा आएको बताउनुभयो । कार्यक्रममा नेकपाएमाले लगाएतका पाटी परित्याग गरी करिब सयौ ब्यक्तीहरु राप्रपाकमा प्रबेस गरेका थिए भने जिल्लाका नेताहरुले सम्बोधन गरेको सो कार्यक्रममा नवराज घोरसैनी, बलबहादुर वाइवा, आसा लामा लगायत बिभिन्न कलाकार हरुद्धारा सस्कृती कार्यक्रममार्फत हलो चिन्हमा मता मागेको पत्रकार राम खड्काले जानकारी दिनु भयो । दुई प्रतिनिधी सभा र चार प्रदेश सभा रहेको सिन्धु पाल्चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै पनि राजनीतिक दल संग चुनावी तालमेल नगरि प्रतिनिधी र प्रदेश सभामा आफ्नो छुट्टै उमेदवारी दिएर आसन्न मंसिर ४ को चुनावमा सिन्धु बासीलाइ हलो चिन्हमा मतदान गर्न आग्रह गरिरहेको छ ।