राप्रपाको पुर्ब केन्द्रीय सदस्य यस्मीन ढुङ्गना ले राप्रपाको जिम्मोवार ब्यक्ती पुर्ब अध्यक्ष पशुपतिशमशेर राणाले चुनावी कार्यक्रममा के.पि ओलि लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नु नै राप्रपा सिदान्तमा आधारित पाटी नभएकोले राप्रपा पाटी त्यागेको बताउँनु हँद्र नेपाली काँग्रेसमा प्रबेश गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य यस्मीन ढुङ्गना सहित १५०भन्दा बढी नेता तथा कार्यकर्ताले राप्रपा पाटी छोडेर नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो ।बिहीबार काँग्रेसद्वारा आयोजित काठमाण्डौमा एक समरोहका बिच राप्रपाका केन्द्रीय सदस्य ढुगंना राप्रपा सिन्धुपाल्चोकका पाटी उपाध्यक्ष प्रबीण कुमार श्रेष्ठ राष्टीय प्रजातन्त्र पाटी युवा संगठनका जिल्ला अध्यक्ष शंकर कार्की चौतारा साँगाचोकष्ढी नगरका युवा स)गठनका अध्यक्ष राम तामागं, बिभिन्न वडा पाटी अध्यक्ष,वडाका उम्मेद्वारहरु लगाएत सयौका संख्यामा राप्रपा परित्याग गरी काँग्रेसमा प्रबेश गरेका हुन ।
नेपाली काँग्रेसका पूर्व उप सभापति एवम केन्द्रीय सदस्य विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य एवं पूर्व सुचना तथा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको विशेष आतिथ्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यसमीन ढुङ्गानसहीतको टोलीलाइ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभाका उम्मेदवार मोहन बहादुर बस्नेतले टिका माला लगाएर काँग्रेसमा प्रवेश गराउँनु भएको हो । ढुङ्गाना सहितको टोलिको पार्टी प्रवेशले नेपाली काँग्रेसलाई थप बलियो बनाउने विश्वास बस्नेतले व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी निधीले नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै बस्नेत एक बिकास वादी हरेक नागरिकको सुख दुखका साथी भएको बताउँदै कामका आधारमा पद र जिम्मेवारी दिने त्यसका लागी सबै मिलेर गठबन्धनका उम्मेद्वारलाइ जिताउँन लागी पर्न भन्नु भयो । उँहाले नेपाली काँग्रेसको देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरुले लिएका निर्णय सही भएको बताउनुभयो विशेष अतिथि बस्नेतले नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै संविधानको रक्षार्थ र कार्यान्वयनका विकास र समृद्धिका लागि मंसिर ४ को निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताउँदै काम गर्नलाइ काँग्रेसमा मुल्याकंन गरिने र सोही अनुसार सम्मानीत पद पाउँने समेत बताउनुभयो ।
कार्यक्रममा सभापतीत्व गरिहनु भएका नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापती आईतमान तामाङले गठबन्धनलाइ निर्वाचन जिताउँनका लागी सबै लागी पर्नु पर्ने र निर्वाचन पछी लगत्तै कार्य मुल्याकंन गरिने र सोही आधारमा निर्वाचनमा सक्रीय रहनु भएकालाइ सम्मानीत रुपले जिम्मेवारी समेत दिइने बताउँनु भयो ।
कार्यक्रममा नवप्रबेसीको तर्फबाट बोल्दै यस्मीन ढुङ्गानाले सिन्धु बिकासमा मोहन बहादुर बस्नेतले खेलेको भुमिका र हरेक नागरिकको दुखसुखका साथी बनेकाले उाँहालाइ थप उर्जा र शक्तीका लागी र राप्रपाले गलत बाटो लिएको र अरु पाटी भन्दा काँग्रेस नै बिकासवादी र जनताको पाटी भएकाले यसमा प्रबेश गरेको म प्रती बिश्वास राख्ने तमाम अरु साथी हरुलाइ पनी काँग्रेसमा प्रबेश गरेर मंसीर ४गतेको निर्वाचनमा काँग्रेसका उम्मेदवार तथा काँग्रेस सँग गठबन्धनमा रहेका गठबन्धनका उम्मेद्वारलाइ भारी मतले बिजय गराउँन अनुरोध गर्नु भयो ।
