नेपाली काँग्रेस सिन्धुपाल्चोकका महाधिबेशन प्रतिनीधी एवं पुर्ब जिल्ला पाटी सचिव बिल बहादुर तामाङले लोकतन्त्रको संस्थागत बिकासका लागी गठबन्धनले जित्न आबश्यक भएको बताउँनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले तामाङ सँग गरेको छोटो कुराकानीको अशं
१. आगामी निर्वाचनका बारेमा यहाँको भुमिका कस्तो छ र कसरी अगाडि बढ्नु भएको छ ?
आगामी मंसीर ४ गते देश भरि प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकमा पनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं. २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेदवार बन्नु भएको छ । त्यसै क्षेत्र नं. १ मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेश सभामा मसिना खड्का, सरल सहयात्री, युवराज दुलाल, कृष्ण कुमार तामाङ (समिर) चुनावी मैदानमा रहनु भएको छ । हामीले यही उम्मेदवार गठबन्धनलाई जिताउँन लागी परेका छौ । म पाटीको जिम्मेवार कार्यकर्ता भएका कारण पाटीको निर्देशन अनुसार गठबन्धनका उम्मेदवारहरुलाई जिताउँन लाग्नु मेरो दाइत्व र कर्तब्य हो । हाल गठबन्धनलाई जिताउँन पाटीको सबै षड्यन्त्रहरु परिचालित छन । मैले पाटकिो निर्देशनलाई पालना गर्न गराउँनका लागी यस क्षेत्रका सबै साथीहरुलाई सक्रीय गराउँदै प्रचार प्रसारमा लागेको छु । हामी शान्तपुर्ण निर्वाचन सम्पन्न गराएर गठबनधनलाई जिताउँन लागी परेका छौ
२ बिशेष गरि सिन्धुपाल्चोक अली बढी चर्चीत छ यहाँ कसले जित्ला ?
म पाटीको जिम्मेवार कार्यकर्ता भएको नाताले पनि पाटीका सबै तहका साथीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगायत गठबन्धनका उम्मेदवार सबैलाई जिताउँन लागी पर्न आग्रह गर्दछु । यो जिल्ला अरु जिल्ला भन्दा बढी चर्चीत हुनका कारण भने राजधानीसँग जोडिएको जिल्ला भएको र यस जिल्लाको पुर्वी नाका तातोपानी भन्सार समेत भएको र उच्च तहका नेताहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका हुनाले यो जिल्ला अली बढी चर्चामा नै छ । जित्ने सवालमा गठबन्धनका उम्मेदवाहरुले नै जित्नुहुन्छ ।
किनभने गठबन्धनसँग स्पष्ट दृष्टिकोण छ । प्राप्त उपलब्धिहरुलाई सस्ंथागत गर्न संविधानको रक्षा गर्न र संघीय लोकतान्त्रीक गणतन्त्रलाई बचाउँदै जनताको यथावत समस्याहरुलाई सम्बोधन गर्नका लागी यो गठबन्धन भएको हो । त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्नेमा ढुक्क छु ।
३ गठबन्धनले जित्ने आधारहरु के के हुन त ?
पहिलो कुरा त हाम्रो संगठनको जग बलीयो छ । त्यस पछी गठबन्धनको उम्मेदवारहरुको बिषयमा कुनै पनी नकारात्मक टिका टिप्पणी गर्ने ठाँउ छैन र हाम्रो पार्टी र उमेदवारहरु सँधै भरी जनताको समस्यासँग जुधीरहेका हुन्छ ।
बिशेषगरि जिल्लामा आइपर्ने दैवी प्रकोपहरु भुकम्प, बाढी, पहिरो, कोभिड, जस्ता महामारीमा पनी जनताका घर दैलोमा राहत सामाग्रीका साथ हामी पुगेका छौ ।
र अर्काे हामीले जित्ने आधार भनेको हाम्रो गठबन्धन र उमेदवारहरुको स्पष्ट दृष्टीकोण सहित जनताको घर दैलोमा पुगेका छ, स्थानीय जनताको सामजीक आर्थीक लगाएतका बिकासका कामहरुका लागी हामी नै जनताका साथमा
रहेका छौ ।
हाम्रो उद्धेश्य भनेको लोकतान्त्रीक प्रणालीलाई बलीयो बनाउँने हो । लोकतान्त्रीक प्रणाली बलियो र संस्थागत भयो भने बिकास निर्माणको प्रकृया स्वस्फुर्त रुपमा अगाडी बढ्छ र भ्रष्टाचार जन्य गतिबिधीहरु,बिक्रतिी र बिसंगतीहरुको अन्त्य हुन्छ । त्यसैले लोकतान्त्रीक प्रकृया संस्थागत र बलियो हुनपर्छ । बिशेष त यिनै मुद्धाहरु लिएर हामी र हाम्रा उम्मेदवारहरु जनताको साथमा गइरहेका छौ यि मुद्धाहरुको बिषयमा जनताले राम्रोसँग बुझेका छन त्यसैले जनताको साथ गठबन्धनको उमेदवारहरुलाई छ । हाम्रा जित्ने आधारहरु यिनै हुन ।
४ अन्तमा तपाईको भनाइ के रहेको छ ?
मैले भन्न पर्ने कुरा तपाइको लोकप्रिय समाचार माध्यम मार्फत आगामी मंसीर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बिजय गराउँन सिन्धुबासीमा हार्दीक अनुरोध गर्दछु । र निर्वाचनको सन्दर्भमा मेरो केहि बिचार राख्न दिनुभएकामा धन्यबाद दिन चाहान्छु ।
