पिस्कर/ मङ्सिर ४ गते हुन लागेको निर्वाचनको संघ, प्रदेश र समानुपातिक उम्मेदवारहरुलाइ त्रिपुरासुन्दरी गाउँपालिकामा भव्य स्वागत गरि विजयको निम्ति स्थानीयले शुभकामना दिएकाछन।प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार माधव सापकोटा “सुबोध ” प्रदेश ” क” उम्मेदवार मनकुमारी खड्का ( मसिना खड्का भण्डारी )अमृता नेपाल ,भोजराज श्रेष्ठ लगायत नेपाली काङ्ग्रेस र माओवादीका नेता कार्यकर्तालाई स्थानीयले फुलमाला सहित भव्य स्वागत गरेका हुन।त्रिपुरासुन्दरी गाउँपालिका-६ टेकानपुर, गैरीगाउँ ,वडा न ५ तौथली,वडा नम्बर ४ जलजले र पिस्करमा सभा कोण सभा र घरदैलो अभियान संचालन गरिएको थियो।त्यस्तै २५ गते वडा न ३ धुस्कुनको पात्ले,वडा न २ चोकटीको बुङ्गाथली र वडा नम्बर १ को घोर्थलीको विभिन्न स्थानमा सभा र घरदैलो अभियान सम्पन्न भएको नेपाली काङ्ग्रेस पालिका सभापति मोहन कुमारश्रेष्ठ ले बताउँनु भयो ।

धान भित्र्याउने र कोदो टिप्ने कार्यलाइ थाती राखेर स्थानीयले व्यापक उपस्थिति जनाएका थिए।फुलमाला र घडा सहित गठबन्धनका उम्मेदवारहरुलाइ स्वागत गरेका स्थानीयले निर्वाचित भए पछि गाउँ गाउँ आएर स्थानीय संग हातेमालो गर्न अनुरोध गरेका थिए।जिते पछि गाउँ नै नफर्कने र बेवास्ता गर्ने झुठो आश्वासन मात्र दिने गरेकोले त्यसलाई चिर्न स्थानीयले माग गरेका थिए।युवा र महिला उम्मेदवार भएकोले गठबन्धनका उम्मेदवारहरुलाइ नै यो पटक जिताउने स्थानीयले बताएका छन।
कोण सभालाई सम्बोधन गर्दै वडा र पालिकामा जुझारु जनप्रतिनिधि भएको र प्रदेशमा महिला उम्मेदवार मसिना खडकालाइ र संघमा आफुलाइ निर्वाचित गराए मिलेर बिकासनिर्माणको कार्य गर्ने माधव सापकोटा सुबोधले बताउँनु भयो।बिगतमा भएका र पुराना जनप्रतिनिधिले जस्तो व्यावहार आफू बाट नहुने बताउदै आश्वास्त हुन अनुरोध गर्नु भयो ।
सापकोटाले गर्नै नसक्ने सपना नबाड्ने र गर्न सक्ने काम गर्न सधै लागिपर्ने बताउनुभयो ।प्रदेश उम्मेदवार मसिना खड्काले स्थानीयको आवश्यकताको आधारमा काम गर्ने र जनमतको सधै कदर गर्ने बताउनु भयो।
बिहान् झिसमिसे देखि झमक्कै साझ सम्म पनि स्थानीय माझ प्रस्तुत हुदा स्थानीयले खुसी भएर उपस्थिति जनाएर उम्मेदवारहरुलाइ हौसला दिएका थिए।
