राष्ट्रिय प्रजातन्त्र पाटीका निर्वाचित केन्द्रीय सदस्य समेत त्याग गरेर आफुसँगै जिल्लाका बरिष्ठ नेता तथा कार्यकर्ता सहित नेपाली काँग्रेसमा प्रबेश गर्नु भएकी यस्मीन ढुगांना सिन्धुपाल्चोक जिल्लामा परिचित नाम हो । उँहा राप्रपामा रँहदा होस नरहँदा होस् सिन्धु बिकासका लागी सँधै लागी पर्ने समाज सेवी ब्यक्तीत्व हुनुहुन्छ । नेपाली कांग्रेस प्रबेश गरेपछी उहाँसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानीको अंश
१. तपाई लगायत जिल्लाका धेरै नेता तथा कार्यकर्ता सहित राप्रपा छोडेर काँग्रेस प्रबेश गर्नू भएको छ किन यस्तो भयो ?
हो म हिजो सम्म राप्रपाको केन्द्रीय सदस्य रहेको थिए आजदेखी काँग्रेसको साधरण सदस्य भएर बसेको छु । खाशगरी मैले राप्रपा छोड्नका कारण त्यस पाटीमा सिद्धान्तको राजनिती भएन, आफन्त आसपासका लागी मात्र नेतृत्वले संरक्षण गरेको देखियो , आफुलाई अनुकुल पर्दा राम्रो र नपर्दा नराम्रो भन्ने प्रवृद्धि बढ्न थाल्यो अरुले गरेको कामलाई आफुले गरेको भन्दै झुठको खेती गर्ने एमालेसँँग पाटी शरण पर्न गएको अनुभुती भयो ।
अनी बिकासका कामहरुमा भन्दा ब्यक्ति स्वार्थमा पाटी जान थाल्यो, तल्लो स्तरमा रहेका कार्यकर्ताको मुल्याकंन भएन त्यही मानिस हो जो काँगे्रसमा लागेर हरेक बिकासका कामहरु गरेका छन हरेक सुख दुखमा जनताका साथमा पुगेका छन् यस्ता ब्यक्ती जो मोहन बहादुर बस्नेतले गर्नु भएको छ । म पनी जनताको दुख सुखमा साथ दिने समाज विकासमा लाग्न मन भएको मानिस त्यसैले बिशेषगरी बस्नेतको काम देखेर म लगायत साथीहरु काँग्रेस प्रबेश गरेका हो ।
२. पार्टी छाड्नुको कारणहरु के छ ?
म लगायत साथीहरुले पाटी छाड्नका कारण खाशगरि निम्मकुराहरु रहेका छन ।
१. कुनैपनि पार्टीमा सिद्धान्तको राजनीति अब नरहेको ,राप्रपामा पनि नरहेको र एमालेसँग पार्टी अध्यक्षले आफ्नो र दुई नेताको मात्र स्वार्थ पुर्ण तालमेल गरिएको ।
तालमेल गर्नु नै थियोे भने स्थानीय निर्वाचनमा पनि गरिदिएको भए आज धेरै कार्यकर्ताहरु पनि जीत्ने थिए होला, के कार्यकर्ताहरु चै पार्टीको लागि सधै जोगि बन्ने ? कति ऋणमा डुवे होला , कतिको घर खेत गयो होला । कार्यकर्ता बलियो भए मात्र नेताहरु बलियो हुने सोच नभएको नेता नेता होइन ।
२. लज्जास्पद कुरा प्रमुख पदमा रहनु भएका पदाधिकारीहरु, हाम्रा नेताहरु उहाँहरुको ब्यक्तिगत सम्बन्ध भएका ,
जिल्लाबाट सिफारिस नभएका महिलाहरुको नाम समानुपातिक सुचीमा अगाडि राख्नका लागि एकआपसमा झगडा गर्ने , हामीले के बुझ्ने ? के पार्टीमा अगाडि बढ्न नेताको चारुसी या
उहाँहरुको नजिक हुन पर्नी हो ?
के सक्षम र पार्टीमा लामो समय योगदान गर्नुभएको महिला दिदीबहिनीहरुको मुल्यांकन नहुने ?
३. पशुपतिशमशेर राणा जस्तो प्रभावसाली ब्यक्तिले उठ्ने हिम्मत नगरी समानुपातिकमा बस्नु भएको मेरो जिल्लामा, कार्यकर्ता समेट्ने उदेश्यले म निर्वाचित केन्द्रिय सदस्यले हारे पनि उठ्छु भन्दा टिकट नपाइने ? मैले पैसा मागेको थिइन त चुनाव लड्न , मागेको आरोप लगाएको सुने एकपटक सोध्नु भए हुन्छ पशुपतिशमशेर राणासँग मैले पैसा कहिल्यै लिएको छैन सधै आफ्नो खर्च गरेको छु र चुनाव उठ्न पनि मागेको थिइनँ । के मैले समानुपातिकमा मेरो नाम राख्न भनेको थिए र ?? पद नपाएर या पद पाउन म अर्को पार्टी प्रवेश गरेको आरोप कमेन्टमा लगाउने ??
४. मेरो जिल्लामा मेरो कोइसँग नराम्रो थिएन, पशुपति शमशेर राणाले केहि ब्यक्तिको कारण उहाँलाई जिल्लामा अफ्ट्यारो
भएको भनी कुरा गर्दै गुट बनाउने काम गर्नु भएको र उहाँ हरुको एकलौटी ढंगमा जिल्ला चलाउने प्रबृत्ति भएको बुझ्दा बुझ्दै पनि पशुपति शमशेर राणाले आफू समानुपातिक १ मा सिफारिस भएपछी जिल्लामा मत्लब नराखी आफ्नो बिरोधि भनेर हामीलाई बुझाइएको ब्यक्तिहरुलाई नै अगाडि बढाइनु धोका होइन ??
५. जिल्लाका असन्तुष्ट कर्यकर्ताहरु सानो आशा, दुई शब्द मायाको सुन्न पाउने आशा लियर पशुपति शमशेर राणालाई भेट्न जादा मंसिर ४ सम्म पार्टीमा बस, मलाई भोट देउ तेसपछी जुन पार्टीमा जान्छौं जानुूू भन्ने जबाफ आउनु के ठिक हो ? के नेताले येस्तो बोल्न मिल्छ ?
३. काँग्रेसमा चाही के अवसर छ तपाइलाई ?
म आफ्नो जिल्ला, आफ्नो देश बिकाश र समृद्ध बनाउने प्रयास र जनताको दुखको साहरा बन्ने उदेश्यले राजनितीमा प्रवेश गरेकि हुँ । पार्टीभन्दा माथी मेरो लागि देश हो । म खष्कष्यलको राजनिती गर्ने हो । म जुन पार्टीमा रहे पनि म मेरो सिन्धुपाल्चोकको बिकाश र त्यहाँका जनताको हरेक अफ्ट्यारो र समस्यामा साथ दिने मेरो प्रमुख उदेश्य हो ।
मेरो उदेश्य जस्तै उदेश्य नेपाली कांग्रेसका केन्द्रिय सदस्य , पुर्ब मन्त्री मोहन बस्नेतमा देखे । पशुपति शमशेर राणा १५ बर्ष अगाडि सिन्धुपाल्चोक जिल्लामा जितुन्जेल सिन्धुपाल्चोक जिल्लामा असाध्यै धेरै बिकाश गर्नु भएकै हो तर हारेको ३ पटक, १५ बर्ष देखि केहि बिकाशका काम नगर्नु भएकोले सिन्धुपाल्चोकमा राप्रपा कमजोर हुदै गएको हो ।
उहाँ गर्न नसक्ने नेता भने होइन, उहाँले गर्न नचाहेकै हो । चुनाव हार्नु भएको त मोहन बस्नेत पनि हो त तर उहाँले हार्दा पनि न दिन भन्नू भयो न रात, खुट्टा भाचिन्दा पनि जनतालाई समस्य पर्दा पुग्ने , कोरोनाको बेला पनि र अहिले डेगुं राम्रोसँग निको हुन नपाउदै हरेक घर घर पुग्नु हुँदै छ, सिन्धुपाल्चोकको बिकाशमा अहोरात्र खटिनु भएको हो, उहाँको प्रमुख उदेश्य सिन्धुपाल्चोक जिल्लाको बिकाश रहेको र उहाँले कहिलै आफ्नो क्षेत्र मात्र हेर्नू भएन पुरै जिल्ला भर एउटा अभिभावकको भुमिका निभाउनु भयो त्यसैले म उहासँग मिलेर काम गर्ने सोच राखेकी हुँ । मलाई पदको लोभ पनी छैन जनताको काम गर्नु नै पद हो ।
४. त्यसो भए जनताका सुख दुखमा साथ दिने काँग्रेस मात्र हो त ?
मेरो दृष्ट्रिकोणमा नेपालमा रहेका सबै पाटीहरु मध्य तत्काल जनताको सुख दुखमा साथ दिन पिडीत भएका ठाँउमा पुग्ने भएकाले सबै भन्दा राम्रो पाटी र नेपाली काँग्रेस नै लाग्यो किनभने नेपाली काँग्रेसका नेता जिल्लामा परेको हरेक बिपदमा जनताको पिडामा मलम लगाउँन नेपाली काँग्रेसका नेताहरु पुगेका छन । सिन्धुपाल्चोकमा ठुलाठुला बिकासका कार्यक्रमहरु काँग्रेसले नै गरेका छन् । सिन्धुपाल्चोकमा हरेक बिपदमा मोहन बस्नेत जनताका साथमा तत्काल पुग्नु भएको छ । हरेक नागरिकको साथमा काँगे्रस रहेको छ । त्यसैले सबैले देख्ने काम गरेको छ ।
५. अन्तमा केही भन्नछ की ?
राप्रपा राष्ट्रवादी पार्टी, हिन्दुराष्ट्र र राजसंस्थाको बिषयलाई त्यगेको र हरेक कार्यक्रममा के.पि ओलिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्दै भाषण गर्नुे काम भएको र एमालेसँग गठबन्धन गर्न पर्नै भए स्थानीय निर्वाचनमा गर्न पर्ने त्यसो हँदा राप्रपाका साथीहरुले पनी अवसर पाउथे त्यसो भएन अहिले नेताहरुलाई मात्र अबसर हुनेगरी तालमेल गरेका कारण नै मैले पाटी त्याग गर्ने निर्णय गरेको हुँ त्यसो हुँदा मलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा आफ्नो अमुल्य मत दिई १९१२ मत दिनुहुने सम्पुर्ण पार्सद प्रतिनिधिहरु र मलाई माया र बिश्वास गर्नुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद दिदै मतादाताहरु समक्ष माफी माग्दै म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको जानकारी गराउछु ।
यही कुरा राख्ने मौका दिनु भएकोमा लोकप्रिय समचारका नेत्र दाइलाई समेत बिशेष धन्यबाद दिन चाहान्छु र अन्तमा मोहन बस्नेत लगायत गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले बिजय गराउँन सबैमा अपिल समेत गर्दछु ।