सम्पर्क

प्रतीबद्धता पुरा गर्दै इन्द्रावतीगाउँपालिका

सिन्धु पाल्चोक जिल्ला इन्द्रावती गाँउपालीकाले स्थानीय नागरिकको समस्यालाइ मध्यनजर गर्दे वडाकार्यलय बाटै सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्था गरेको छ । गाँउपालिकाका अध्यक्ष झम्क नेपालले निर्वाचन ताका स्थानीय नागरिकको समस्याका लाइ समधान गर्नका लागी आफु हर प्रयास गर्ने बताउँदै गरेको चुनावी प्रतिबद्धता पुरा गर्ने क्रममा यो अभियान लागु गर्नु भएको हो । इन्द्रावती गाँउपालीकामा निर्वाचित भएर कार्यभार सम्महाल्ने क्रममा पनी नेपालले जेष्ठनागरिक र असायहरुकोसमस्यालाइ प्राथमिकता दिने बताउँनु भएको र सोही प्रतिबद्धता पुरा गर्ने क्रममा सोमबार देखी सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै बितरण गर्न लागीएको गाँउपासलिकाका प्रबक्ता शशी नाथ आचार्यले जानकारी दिनु भयो । उँहाका अनुसार बुधबार सम्म वडा नं १,३,५,१०मो यो कार्यक्रम लागु भइ सकेको र बाँकी वडाहरुमा पनी शुक्रबार सम्ममा यो योजना लागु भइ सक्ने बताउँनु भयो । पालिकामा रहेका १२वटा वडा मध्य ४वटा वडामा लागु भइ सकेको र बाँकी ८वटा वडामा शुक्रबार सम्ममा वडाबाटै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाइने भएको छ । यस अघी नवलपुर र सिपाघाट सम्म धाएर भत्ता लिन पर्ने समस्या थियो । गाँउपालिकामा तिनवटा बैक सिन्धु बिकास बैकं मेघा बैक र एनसिसि बैकं मार्फत सामाजिक सुरक्षा भत्ता दिने भएको हुँदा एनसिसि र सिन्धु किास बैकं सिपाघाटमा र मेगा बैक नवलपुरमा रहेका कारण वडा न. १देखी ६ सम्मको नवलपुर र ७देखी १२ सम्मको सिपाघाट जान पर्ने भएकाले भत्ता लिन जाँदा भोग्न परेको कठीनाइलाइ ध्यानमा राखी वडाबाटै दिने योजना बनाइएको आचार्यले बताउँनु भयो । यसरी वडा कार्यलय बाटै सामाजिक सुरक्षा भत्ता पाँउन थाले पछी स्थानीय जेष्ठ नागरिकहरुमा खुशी छाएको छ । पालीकाले स्थानीय नागरिकको टोलटोलमा भत्ता बितरण गर्नका लागी तत्काल बैकीगं प्रणाली अनुसार अनलाइन प्रयोग गर्नका लागी सहयोग गर्न लागेको समेत गाँउपालीका अध्यक्षका प्रेस सल्लाहकार सुनिल तामागंले जानकारी दिनु भयो । यो योजना लागू भएपछी आबश्यक अनुसारको रकम टोलटोमा नै दिन सकीने समेत उँहाले बताउानु भयो ।