सम्पर्क

भूकम्पका कारण ६को निधन प्रमद्धारा दुख ब्यक्त

मङ्गगलबार राती २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु छ जना घाइते भएका छन । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गगलबार राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । “लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उहाँले निर्देशन दिनुभएको छ । यसै बिच गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म प¥याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुुभएको थियो । गएराति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो । उहाँले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभयो । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिनुभएको हो । गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनुुभएको छ । उहाँले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ । भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री खाणले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ग्रामीण भेगका दर्जनाँै घर भत्किएका छ । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा ्हेका छन । भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । यसै गरी पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गर्नुभएको छ । बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस भनेर उनीहरुका परिवारलाई जनही रु २५ हजारका दरले रु एक लाख ५० हजार राहतको दिने बताउनुभएको हो । आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उहाँले परिवारलाई भेटेर दिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनी डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । वक्तव्य जारी गर्दै उहाँले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।यसै गरी नेकपा एमालेका अध्यक्ष पुर्ब प्रधान मन्त्री केपी शर्मा ओलीले भुकम्प गएको समाचार सुन्दा आफुलाइ ठुलो पिडा भएको बताउँदै भसकम्पबाट ज्यान गुमाउानेहरुप्रती श्रदान्जलीदिदै घाइतेलाइ उचित उपचारको ब्यस्था गर्न र तत्काल उद्धारमा लाग्न सबैलाइ अनुरोध गर्नु भएको छ उँहाले भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।