सम्पर्क

ब्रेकिङ न्युज २

नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

ब्रेकिङ न्युज २, समाचार
निर्माणकार्य सुस्त हुनथालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको हो । स्थानीय सरकारको मुख्य आन्तरिक स्रोत बनेको बालुवा तथा गिट्टी बिक्री हुन छाडेपछि ठेक्का पनि लाग्न छाडेको छ । नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोतको रूपमा दहत्तर बहत्तरबाट (गिटी बालुवा निकासी गरेबात राज्यलाई तिर्ने कर) रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेकामा आर्थिक वर्ष सकिन करिब तीन महिना मात्रै बाँकी हुँदा पनि चारवटा स्थानीय तहको ठेक्का नलाग्दा चालु अर्थिक वर्षको बजेटमा असर परेको छ । बाह्रबिसे नगरपालिकाका साथै त्रिपुरासुन्दरी, सुनकोशी र बलेफी गाउँपालिकाले सुनकोशी ...

मुगुमा पहिलो पटक ७० वर्षियकाफ्ले र४२ वर्षिय जानकी रोकायाबीचअदालती विवाह

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो ।विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो ।काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न...

रजिष्टार सापकोटाद्धारा पद तथा गोपनियताको सपथ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनु भएएको छ। आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उहाँले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिनु भएको हो । सपथ पछीसापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।नयाँ संविधान निर्माण पछि संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशको पहिलो सञ्चार रजिष्टारका रुपमा चार बर्ष विताएका उहाँले उदाहरणीय काम गरेपछि प्रदेश सरकारले पुनः उहाालाई रजिष्टारका रुपमा नियुक्त गरेको हो । गत हप्ता बसेको बागमति मन्त्रिपरिषदको बैठकले सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।स...

फोहोरमैला ब्यबस्थापन भवनको शिलन्यास

ब्रेकिङ न्युज २, समाचार
धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । शनिबार पाँचपोखरी थाङ्पाल गाउँपालिका – ६ धापमा वडा अध्यक्ष नारायण भट्टराईले भवनको शिलन्यास गर्नुभएको हो । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगर्त भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । फोहोरलाई मोहोरमा रुपान्तरण गरौं र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वच्छ,सफा, फोहोरमुक्त गाउँपालिका बनाउने उद्धेश्यले यस यसअघि संस्थाको सहयोगमा पालिकाको वडा नम्बर ३,४ र ५ मा भवन बनिसकेको परियोजना संयोजक हर्क गोलेले जानकारी दिनुभयो । फोहोरमैला ब्यबस्थापन केन्द्र बनेका वडा हरुमा अहिले फोहोरमैला ब्यबस्थापन समिति बनाएर प्रत्येक महिनाको १ पटक फोहोर संकलन हुँदै आएको छ । जस्ले गर्दा त्यहाँको ...

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उहाँहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियो आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गर्नुभएको थियो । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ ए...

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई बालमैत्री वडा घोषणा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई बालमैत्री वडा घोषणा गरिएको छ ।बुधबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । यो वडा जिल्लाको दोस्रो तथा मेलम्चीको पहिलो बाल...

सञ्चार रजिस्ट्रारमा पुन रेवती सापकोटा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा ले निरन्तरता पाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभए पछी उँहाले निरन्तरता पाँउनु भएको होे ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् ।...

नगरप्रमुख तामाङद्धारा शिखरपुरको प्रशासनिक भवनको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घघाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले बिषेश ध्यान दिने बताउनुभयो । जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सि...

सिप सिकेर आत्मनिर्भर बन्दै

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो लागेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् । तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न आग्रह गर्नुभयो । उहाँले सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न आग्रह गर्नुभयो । उहाँले हाम्रै गाउँठाउँमा भएको स्रोत र साधनको उपयोग गरेर मनग्य आम्दानी गर्न सकिने बताउदै यस्को भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो । उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकालाइ छिट्टै प्लास्टिक मुक्त बनाउने योजना रहेको जानकारि गराउदै यसको सुरुवात वडा नम्बर २ बाट गर्नुपर्नेमा जोड दिनुभ...

सबारी चालकहरूको स्वास्थ परीक्षण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
कुमार बस्नेत (अधिराज) बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेँरीको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्रफिक प्रमुख उत्तम आचार्यले बताउनु भयो । बुधबार अधेरीमा शिविरको आयोजना गरी निजी तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रममा बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले प्रहरीले गरेको काममको प्रशंसा गर्दै आगामी दिनमा यस्तै अनुकरणीय कामका लागि गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरुसँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन् । शिविरसँगै प्रहरीले गाडिको टायरमा हावा भए नभएको, नटबोल्टहरु राम्रोसँग कस्सिए नकस्...