सम्पर्क

सबारी चालकहरूको स्वास्थ परीक्षण

कुमार बस्नेत (अधिराज)

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेँरीको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्रफिक प्रमुख उत्तम आचार्यले बताउनु भयो । बुधबार अधेरीमा शिविरको आयोजना गरी निजी तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रममा बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले प्रहरीले गरेको काममको प्रशंसा गर्दै आगामी दिनमा यस्तै अनुकरणीय कामका लागि गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरुसँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन् । शिविरसँगै प्रहरीले गाडिको टायरमा हावा भए नभएको, नटबोल्टहरु राम्रोसँग कस्सिए नकस्सिएको, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको भएपनि चालकलाई सम्झाइ, बुझाई गर्ने कार्यक्रम गरिएको ट्रफिक प्रमुख आचार्यले जानकारी दिनुभयो । बुधबार एकैदिन २ सय बढी जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सडक दुर्घटना नहोस् भन्ने हेतुले सडक दाँयाबाया झाडी सफा गर्ने देखि सडक पेटिहरू समेत सफा गराएको ट्राफिक कार्यालयले जनएको छ ।