३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनु भएएको छ। आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उहाँले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिनु भएको हो ।
सपथ पछीसापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।नयाँ संविधान निर्माण पछि संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशको पहिलो सञ्चार रजिष्टारका रुपमा चार बर्ष विताएका उहाँले उदाहरणीय काम गरेपछि प्रदेश सरकारले पुनः उहाालाई रजिष्टारका रुपमा नियुक्त गरेको हो । गत हप्ता बसेको बागमति मन्त्रिपरिषदको बैठकले सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।सापकोटाले कानून निर्माण, व्यवस्थित र व्यवसायिक पत्रकारिता, सञ्चार रजिष्टारको कार्यालय मार्फत पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन दर्ता, प्रेसपास वितरण लगायतका कार्य गर्नु भयो । त्यस्तै मोबाइल पत्रकारिता, अनलाइन पत्रकारिता डेटा ड्रिभन पत्रकारिता, रेडियो प्राविधिक र बिज्ञापन कला सम्बन्धी सीप र क्षमता बिकास गर्ने तालिम सञ्चारलमा ल्याउँनभएको थियो ।सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भएका १ सय ८४ वटा अनलाइन सञ्चार माध्यम नेपाल प्रेस काउन्सिलमा सूचीकृत भइरहेका छन् । कार्यविधि बनाएर अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी बिज्ञापन दिन थालिएको छ । अनलाइन सञ्चार माध्यममा पस्किने बिषयवस्तुलाई मर्यादित बनाउन अनलाइन पत्रकारिता हाते पुस्तिका प्रकाशित गरिएको छ । पत्रकार मात्रै नभएर आम नागरिकका लागि उपयोगी हुने डिजिटल साक्षरता पुस्तक कार्यालयले सापकोटाको नेतृत्वमा प्रकाशित गरेको छ ।प्रदेशबाट इजाजत दिइएका र संघीय सरकारबाट हस्तान्तरण गरिएका २५० वाट, ५०० वाट र १००० वाट क्षमताका ९५ वटा एफ एम रेडियोको नविकरण र नियमनको काम भइरहेको छ ।
केवलमा आधारित टेलिभिजनको इजाजत प्राप्त गर्न, नविकरण गर्न र रोयाल्टी बुझाउन सेवाग्राहीलाई सहजीकरण गरिएको छ । प्रदेशको सञ्चार माध्यमको अवस्था चित्रण हुने गरी अनुसन्धानमूलक प्रतिवेदनलाई बागमती प्रदेशमा मिडिया नामक पुस्तक प्रकाशित गरिएको छ ।
प्रदेश प्रमुख, प्रदेश सभा,मन्त्रालय र प्रदेश अन्तर्गतका कार्यालय गरी बागमती प्रदेशका ३० वटा निकायको सूचना एउटै पोर्टलमा स्वचालित रुपमा पाउन सकिने गरी सूचना बैंक निर्माण गरिएको कार्यालयले जनाएको छ । बागमती प्रदेशका ऐन, नियमावली, निर्देशिका, कार्यविधि,मापदण्डसहित सबै खालका दस्तावेज उक्त सूचना बैंकमा प्राप्त गर्न सकिने बनाइएको छ ।सञ्चार रजिष्ट्रारको कार्यालयलाई संघीय सरकारले सुन्नु पर्ने, अन्य ६ वटा प्रदेशले सिक्नु पर्ने, सेवाग्राहीले अनुभुत गर्न सक्ने र बागमती प्रदेशले गर्व गर्न सक्ने अवस्था सिर्जना गराइएको रजिष्टार सापकोटाको भनाई रहेको छ ।
