सम्पर्क

ब्रेकिङ न्युज २

काभ्रेमा ट्रिपर सञ्चालनमा रोक,दोलालघाटमासवारीयान्त्रीक जाँच

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
एकराजश्रेष्ठ, सवारी दुर्घटना हुन नदीन र सडक जाम हुन नदीनका लागी जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले कार्तीक २गते बिहीबार बिहान ५बजे देखी काभ्रे पलाञ्चोक जिल्लाको अरनिको राजमार्ग र बिपी राजमार्गमा सडकहरुमा टिपर सञ्चालनमा रोक लगाएको छ । कार्तीक १गते जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बपक्षीय बैठकबाट यस्तो निर्णय भएको साहयक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनु भयो । उँहाका अनुसार सवारी चापका कारण कार्तीक २गते बिहान ५बजे देखी १३गते बेलूका ट्रिपर सञ्चालमा रोक लगाउँने निर्णय भएको हो ।    यसै बिच काभ्रे पलाञ्चोक जिल्लाको दोलालघाटमा सवारी साधनको यान्त्रीक परिक्षण गरिएको छ । दुर्घटना न्युनिकरण को उद्धेयश्यका साथ दोलालघाट प्रहरी चौकी तथा ट्राफिक प्रहरीको आयोजनामा , पुर्व अरनिको यातायात प्रालि अन्तर्गत दोलालघाट का कर्मचारीहरुको बिशेष समन्वयन तथा दोलालघाट अवस्थित मोटर ग्यारेजका मिस्त्र...

दशैंलाई लक्षित गरी बाह्रबिसे बजार सरसफाई

ब्रेकिङ न्युज २, समाचार
नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गरि मंगलबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले विभिन्न क्षेत्र सरसफाई गरिएको छ । बाह्रबिसे नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाहरू, ईलाका प्रहरी बाह्रबिसेको समन्वयमा बाह्रबिसे नगरपालिकाको वडा नं. ३, ४ र ९ स्थित रहेको बजार परिसरमा बजार सरसफाई गरिएको छ । दशैंको सुरूवात असोज २८ गते घटस्थापना देखि सुरू भईसकेको छ । चार्ड पर्व सुरू भएपछि बजार क्षेत्र, धार्मिक तथा पर्यटकीय क्षेत्र र सार्वजनिक स्थानहरूलाई सफा सुन्दर बजार निर्माण गर्न सरसफाई कार्यक्रम गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । सरसफाईका क्रममा झाँडी सफा गर्ने र फोहोर वस्तु हटाउने कार्य गरिएको थियो । सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय बाह्रबिसे, ट्राफिक प्रहरी, विभिन्न सं...

सिन्धुपाल्चोकमा ६८ औं प्रहरी दिवस मनाइयो

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने २२ प्रहरी कर्मचारीहरुलाई पुस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यता, विषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, विषेश अतिथि नगर उपप्रमुख सिता थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुदिप अधिकारी , बिभिन्न सुरक्षा निकायका प्रमुख पत्रकार महांसघ अध्यक्ष जिवन श्रेष्ठ, वडा अध्यक्ष शिव श्रेष्ठ र जिल्लाभरका प्रहरी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू,...

पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन समितिको आग्रह

ब्रेकिङ न्युज २, समाचार
केही सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराएको, कानुनविपरीत वर्खास्त, सरुवा, बढुवा गरिएको भनी सार्वजनिक भएका विषयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले चासो व्यक्त गरेको छ । समितिका अध्यक्ष सङ्गीता खड्काले आज विज्ञप्ति जारी गरी कान्तिपुर पब्लिकेशनलगायत विभिन्न सञ्चार प्रतिष्ठानले पछिल्ला दिनमा कानुनी व्यवस्था विपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधाविना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्ने लगायतका कार्य गरेका विषयमा गुनासो र उजुरी समितिमा आएको उल्लेख गर्नुभएको हो । श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी र सञ्चालकका अधिकार एवं कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । राज्यको चौथो...

नगरप्रमुख बस्नेतद्धारा एकलाख सहित शुभकामना

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको मनोबल उच्च, राखेर खेल खेल्न सकुन भन्दै नगरप्रमुख बालकृष्ण बस्नेतले खेलाडिहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । बाह्रबिसे नगर पालिकाकि मित्र राष्ट्र चाइनामा हुन गैरहेको अपांग टेबुल ट्रेनिश प्रतियोगितामा भाग लिनको लागि जादै गर्दा बाह्रबिसे नगरपालिका प्रमुख र उप प्रमुखको तर्फबाट बिजयको शुभकामना सहित एक लाख प्रोत्साहन खर्च सहित बिदाई गरिएको छ । सो अबशरमा नगर प्रमुख बस्नेतले खेलाडी राष्ट्रको गहना हो, भन्नु हँदै आफू नगर प्रमुख नहुँदा पनि असाहय अपाङ्गता तथा जेष्ठ नागिरकलाई आफुले सहयोग गर्दै आएको बताउँनुभयो । बाह्रबिसे नगरपालिकाद्वारा बाह्रबिसे नगरपालिका वडा न ६ निबासी लाली तामाङ एसिएन पारा खेल २०२३ मा नगरपालिकाबाट छिमेकि राष्ट्र चिनको अपाङ्ग तर्फको टेबुल टेनिस खेलकुदमा सहभागी हुन जान लाग्नु भएको हुँदा बाह्रबिसे नगरपालिकाबाट नगरप्रमुख ब...

सेवादिने कुरामा कन्जुस्याइँ नगर्न नगरप्रमुख तामाङको आग्रह

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिका प्रमुख तामाङले भवन उद्घाटन गर्दै सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले भवन निर्माण सम्पन्न पश्चात् सम्पुर्ण सेवा यहीँ स्वास्थ्य चौकी बाट हुने भएकाले संरचना बनिसकेपछि पायक अपायक भनेर नभन्न आग्रह गर्नुभयो । उहाँले ज्यामिरेलाई समृद्ध बनाउनका लागी यो पार्टी त्यो पार्टी नभनी एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले भवन बनिसकेपछि स्थानीयले नै संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य चौकीका लागी आवश्यक जनशक्ति र स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा जग्गा दाता रामचन्द्र गिरि र लिलाकुमारि गिरिलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष किरणदिप खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निब...

मेलचौरमा ५० जनाद्धारा रक्तदान

ब्रेकिङ न्युज २, समाचार
  चौतारा साँगाचोकगढी नगरपालिका – ७ मेलचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार वडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको पावनको अवसरमा मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रद्धारा आयोजित शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको अध्यक्ष यज्ञ प्रसाद दंगालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वडा नं. ७ कार्यालय, सुनकोशी ईन्द्रावती समाज सिन्धुपाल्चोक, नेपाल रेडक्रस सोसाईटी मेलचौर उप–शाखा, सहरी स्वास्थ्य केन्द्र मेलचौर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ, मालिकादेवी सामुदायिक सिकाइ केन्द्र र मेलचौर युवा जागरण समाजको सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्धघाटन गर्नुभएको थियो ।...

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गर्दै श्रदान्जली अर्पण गरिउको थियो । सस्थाका सचिव प्रकाश शर्माले आमन्त्रीतहरुलाइ खादा द्वारा सम्मान गर्नु भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी वरिष्ठ चलचित्र नि...

महेन्द्रोदय कपको उपाधि आयोजकलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ६ पाटीडाँडामा सम्पन्न महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रोदय माविले नै जितेको छ भने उप बिजेता जाल्पा मावि कोठे भएको छ । असोज २५ गते बिहिवारबाट सुरू भएको खेलमा सुनकोसीका १२ मावि विद्यालयहरू मध्य ८ वटाले प्रतियोगितामा भाग लिएका थिए । शनिबार भलिबल प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर पाख्रिनले गर्नु भएको थियो । प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, विशेष अथिति सुनकोसी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेत, सुनकोसी –७ का अध्यक्ष ईश्वर तिमल्सिना, महेन्द्रोदय माविका प्रअ कृष्ण प्रसाद दंगाल, सुनकोसी –६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, चन्दा दाताहरू शिक्षकहरू, विद्यार्थी अभिभावक लगाएतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्र...

आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

ब्रेकिङ न्युज २, समाचार
काभे्रपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा वंशवदा कौण्डिन्न्यायनीले बताउनुभयो । उहाँका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ । उहाँका अनुसार आव २०७९÷८० मा ३१ हजार सात सय ४२ जनाले बहिरङ्...