सम्पर्क

ब्रेकिङ न्युज २

माझीबस्ती प्रकरणमा बैकंलाई लिलामी नगर्न भन्दै श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
२०७२ को बिनाशकारी भुकम्पपछी एकाएक चर्चामा आएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –१४ मा रहेको एकीकृत झ्याँडी नमुना बस्ती अहिले उच्च अदालतमा समेत पुगेको छ । भुकम्पपछी श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माण गर्नका लागी भुकम्पका कारण क्षेती भएका घरहरुको अनुदान भन्दा बढी रकम लाग्ने भएपछी बढी रकम लक्ष्मी बैकंबाट ऋण लिएर नमुना बस्ती बिकास गर्न लागिएको थियो । नमुना बस्तीको निर्माणका लागी प्रतीघर रु. ७ लाख लगानी हुने भएपछी नपुग रकम बैकंबाट कर्जालिने सहमतीका साथ बस्ती निर्माण सुरु गरिएको थियो । यो निर्माणको क्रममा ५३ घर माझीहरुले सरकारबाट प्राप्त तिन लाखले नपुग भएको चार लाख बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । ५३ घर मध्ये बैकले ३४ घरलाई मात्र कर्जा दियो बाँकी १८ घरलाई दिएन तर बस्ती निर्माण भयो । निर्माण गर्ने क्रममा बैकले कर्जा दिने भएपछी ५३ वटा घर निर्माण ...

नेतृ पाख्रिनद्धारा दोलखाका खेलाडीहरुका लागि अक्षय कोष स्थापना

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
दोलखा  नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षय कोष घोषणा गर्नुभएको पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गर्नुभयो । उहाँले १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । ‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहनुभएकी पाख्रिनले भन्नुभयो ‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’ अन्तराष्ट्...

किसानलाई धान काट्ने चटारो

कृषि, ब्रेकिङ न्युज २, समाचार
नेपालको प्रमुख बाली धान पाक्न सुरु भएपछि किसानहरू धान काट्न, चुट्न तथा थन्क्याउन ब्यस्त देखिन थालेका छन् । हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै सिन्धुपाल्चोकका किसानलाई धानबाली भित्र्याउने चटारो सुरु भएको छ । कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई काट्न भ्याइनभ्याई छ । बिहान उठेदेखि बेलुकासम्म यतिबेला किसानहरु धान खेतमै धान काट्न र धान भित्र्याउन ब्यस्त हुने गरेका छन् । असारमा रोपेको धान राम्रोसँग मल र जल मिलेपछि अहिले ठिक्क पाक्ने समय हुन्छ तर यो वर्ष भने समयमा वर्षा नभएको र रासायनिक मलको अभाव भएको कारण सोचेजति धान नफलेको किसानको गुनासो छ । केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् । सिंचाई सुविधा पर्याप्त भएको ठ...

चनौटेमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका – ५ चनौटेमा नवनिर्मित प्रहरी चौकि भवन उद्घाटन भएको छ । आईतबार एक समारोहकाबिच बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमकाबीच भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै कार्यक्रमलाई मन्त्री श्रेष्ठले चौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अपराध नियन्त्रण गर्ने दायित्व प्रहरी र स्थानीयको हो त्यसैले यस्तो कार्यमा मिलेर अगि बढ्न नसके यति राम्रो भवनको औचित्य नै नरहने समेत उहाँले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ वस्तिहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुदा सानो र ठुला दुबै घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन उहाले आग्रह समेत गर्नुभयो । ब...

तामाङ नमुना एकीकृत बस्ती ः बजेट अभावले एक वर्षदेखि अलपत्र

ब्रेकिङ न्युज २, समाचार
काभ्रे काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको थियो । बस्ती निर्माणको योजनाअन्तर्गत केही घर बन्न बाँकी रहेका छन् भने बनेका घरले पूर्णता पाउन बाँकी छ । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा एक वर्षदेखि निर्माणको काम रोकिएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार छ घर निर्माण बाँकी रहेको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको काम अलपत्र बनेको हो । बाँकी काम सक्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसके...

आजदेखी दशैं सकियो

ब्रेकिङ न्युज २, समाचार
वडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँने गर्दछन् । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

ब्रेकिङ न्युज २, समाचार
 दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ । नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत...

श्री बुद्धोदय लिसंखुको नृत्यमा ससांरी माइ पहीलो

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
प्रेम कुमार श्रेष्ठ लिसंखुपाखर सिन्धुाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नं २ लिसंखु स्थित श्री बुद्धोदय मा वि अक्षयकोषको आयोजनामा विजयदशमी २०८० को पावन अवसरमा श्री बुद्धोदय मा वि को प्राङ्गणमा हिजो महाअष्टमीका दिन शुभकामना आदन प्रदान तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता कार्यक्रम भएको छ। श्री बुद्धोदय मा वि अक्षयकोषका अध्यक्ष विश्वास योञ्जनको सभापतीत्वमा बागमति प्रदेश सभाका माननीय सदस्य माईली तामाङको प्रमुख आतिथ्यता, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विशिष्ट बिशेष आतिथ्यता र उपाध्यक्ष मिठुदेवी लामाको विशेष आतिथ्यता भएको हो कार्यक्रममा पुर्व जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो । माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा श्री संसारीमाई माध्यमिक विध्यालय लिसंखु प...

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

ब्रेकिङ न्युज २, समाचार
इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो । सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त...

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

ब्रेकिङ न्युज २, समाचार
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उहाँले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, अधिकारीले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।” नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताउनुभयो । “जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उहाँले भन्नुभयो । दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी...