सम्पर्क

अबको विकास सहकारीताको माध्यामबाटः सुबोध

 

अबको विकासको चरण सहकारीताको माध्यामबाट प्रभावकारी हुने सघीय सासद माननीय माधबकुमार सापकोटा सुबोधले बताउँनु भउको छ । उँहाले सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको आलोपालो अग्रसर बहुउद्देश्य सहकारी संस्थाको १० औं वार्षिक सााधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।    उँहालेजनताको आर्थिक जीवन उकास्न सहकारीलाई व्यवस्थि गर्न पर्ने भन्नु हँुदै सहकारीको माध्यामबाट जनतालाई आय आर्जनका काममा सरिक गराउन सकिने भएकाले सकारले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँनु भयो । उँहाले केही सहकारीहरुले सहकारीको सिद्धान्त विपरित काम गरेका कारण सरकारको नियम पालना गरी सहकारी सिद्धान्त अनुसार काम गरिरहेका सहकारीहरु बदनाम भएको बताउँदै त्यस्ता सहकारीलाई सरकारले नियमन गर्न आवश्यक रहेको बताउँनु भयो ।सहकारीताका माध्ययमबाट गरेका कामहरु प्राय सबै सफलताका बाटोमा रहेकाले सहकारीको बिकासका लागी सहकारीका सञ्चालकहरुले पनी सहकारी सिद्धान्तका आधारमा काम गर्न पर्ने बताउँनु भयो । विशेष अतिथि आशन बाट बोल्दै १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले ग्रामिण सहकारीले मानीसलाई क्रियासिल बनाएको हँुदा सहकारीको विकास र प्रर्वद्वनका लागि केन्द्रीय सरकारले नै विशेष कार्यक्रम ल्याउन पर्ने बताउँनु भयो । आलोपालोले बिद्यालयमा बालबालिकाहरुको लागि दिवा खाजा कार्यक्रम लगाएत रचानात्मक काम गरेको भन्दै वडा कार्यालयले सहकारीहरुसंग समन्वय गरेर जनताका आधारभूत कुराहरु पुरा गरेको बताउँनु भयो ।कार्यक्रममा सेतीदेवी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद दाहाल, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष होमनाथ चौलागाई लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो । सहकारीका अध्यक्ष नारायण प्रसाद गौतमले आ.व.०७९÷८०को प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नू भयको थियो भने कोषाध्यक्ष हरि बहादुर नेपालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नू भएको थियो ।सहकारीसस्थाका प्रवन्धक सन्तोष गिरीले गत एसइइमा उत्कृष्ट भई जिपिए ल्याउने सामुदायिक विद्यालयका ४ जना छात्र तथा छात्रालाई सम्मान गरिएको १० जना उत्कृष्ट बचत कर्ता र ३ जना असल ऋणीलाई सम्मान गरिएको जानकारी दिनु भयो ।