सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ धुस्कुन स्थितका विद्यालयहरुमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
महेन्द्र प्रताप मावि व्यवस्थापन समितिको नेतृत्व एवं विद्यालयको सल्लाहकार समितिको विशेष पहल र व्यवस्थापनमा श्री महेन्द्र प्रताप माबी धुस्कुन र ॐ चावहिल डेन्टल हस्पिटल प्रा.लि. चाबहिल काठमाडौंको संयुक्त आयोजनामा शनिबार निशुल्क दन्त शिविर सञ्चालन गरिएको थियो ।
धुस्कुनको महेन्द्र प्रताप मा.वि, देउपुज्य, धुस्कन आधारभूत विद्यालय बेते, सेतीदेवी आधारभूत विद्यालय टुम्मल र सिद्दिकाली आधारभूत विद्यालय सुनकोसीमा “१ दिने निःशुल्क दन्त परीक्षण शिविर“ संचालन सम्पन्न गरिएको महेन्द्र प्रताप माबिका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माधव भण्डारीले बताउनु भयो । उक्त कार्यक्रमको प्रमुख आतिथि नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना रहनुभएको थियो भने ॐ चाबहिल डेण्टल अस्पतालका संचालक श्री कृष्ण घिमिरेको विशेष आतिथ्यता रहेको थियो । महेन्द्र प्रताप मावि धुस्कुनका वि.व्य.स. अध्यक्ष माधव भण्डारी तथा शिविर संचालन भएका विद्यालयहरुका विव्यस अध्यक्षहरु सुरेन्द्रबिक्रम भण्डारी, मनिशा थामी, माधव भण्डारी र प्रअहरु सुरज भट्टराई, अप्सरा खड्का, सुस्मिता भण्डारी र सम्पुर्ण विद्यालयका विद्यालय परिवार, श्री महेन्द्र प्रताप मावि शिक्षक–अभिभावक संघका अध्यक्ष श्री सोमबहादुर थामी, समाजसेवी व्यक्तित्त्वहरु, पुर्व जिल्ला समन्वय सदस्य चन्द्रबहादुर थामी , रामबहादुर थामी श्री महेन्द्र प्रताप माविको पहिलो ब्याचका विद्यार्थी एवं समाजसेवी व्यक्तित्त्व लोकबहादुर श्रेष्ठ, त्रिपुरासुन्दरीकै प्रभावशाली युवा नेता समिर बम्जन, त्रिपुरासुन्दरी गाउँ पालीकाकै मानवसेवी व्यक्तित्त्व एवं अधिवक्ता सहदेव भण्डारी, समाजसेवी व्यक्तित्त्व जोगवीर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
डा. बिक्रम कार्कीको नेतृत्वमा दन्त सम्बन्धि प्रयोगात्मक रुपमा विधार्थीलाई दांत सफा गर्ने तरीकाको सिकाई अझ महत्त्वपूर्ण थियो भने विद्यालयकी छात्रा श्री सजिना खडकाले दमदार रूपमा स्वागत मन्तब्य राख्नुभएको थियो। धुस्कुन वडा भित्रका सबै विद्यालयका ४२० जना विद्यार्थीहरु र करीव १५० को हाराहारीमा शिक्षक, कर्मचारी र अभिभावकहरुले आफ्नो दात परीक्षण गराउनु भएको थियोे ।

शिविर संचालनको समापन समारोहमा महेन्द्र प्रताप माविका प्र.अ. सुरज भट्टराईको उत्कृष्ट उदघोषणमा भएको कार्यक्रममा, प्रमुख अतिथि बलदेव तिमल्सिनाले शिविर संचालनमा महत्त्वपूर्ण योगदान गरेकोमा ॐ चाबहिल डेण्टल अस्पताल प्रालिको सम्पुर्ण टिम सहित शिविर संचालनमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्त्वहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । निःशुल्क दन्त शिविर संचालनमा योगदान गर्ने संस्थाका प्रमुख विशेष अतिथि कृष्ण घिमिरेले धुस्कुन वडाका सम्पुर्ण विद्यालयहरुमा निशुल्क दन्त शिविर संचालन गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम संयोजन र व्यवस्थापन गरेकोमा श्री महेन्द्र प्रताप माविको व्यवस्थापन टिमप्रति आभार व्यक्त गर्नुभएको थियो । निःशुल्क दन्त शिविर संचालनमा महत्त्वपूर्ण योगदान गरेकोमा ॐ चाबहिल डेण्टल अस्पताल प्रालिका संचालक, सोही अस्पतालका डाक्टरहरु र प्राविधिकहरुलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
