सम्पर्क

अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माध्यमिक विद्यालया अपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ ।
१८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्य र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका तथा जेस्ठ नागरिक शाखाकि प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो ।
आगामी दिनमा बाँकी रहेका विद्यालयमा पनि वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।